
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीसँग संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका सदस्य लर्ड काम्योजले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बेलायतको राजधानी लन्डनमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।
वनमन्त्री ठकुरी ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रिस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो ।
भ्रमणका क्रममा मन्त्री ठकुरी बिहीबार साँझ बकिङ्घम दरबारमा राजा चार्ल्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको थियो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान