
मस्को । रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने घोषणा गरेको छ ।
दूतावासका द्वितीय सचिव र प्रथम सचिवका पतिलाई निष्कासन गरेको घोषणा गर्दै रुसको एफएसबी सुरक्षा सेवाले भनेको छ, “प्रतिगुप्तचर कार्यले राष्ट्रिय दूतावासको आवरणमा अघोषित बेलायती गुप्तचर उपस्थिति प्रकट गरेको छ ।” विज्ञप्तिमा भनिएको छ, “हाम्रो देशमा प्रवेश गर्ने अनुमति प्राप्त गर्दा यी दुईले जानाजानी गलत जानकारी दिएका थिए, जसले गर्दा रुसी कानुनको उल्लङ्घन भएको थियो ।”
बेलायतले उक्त आरोपबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । रुसी विदेश मन्त्रालयले उनीहरूको मान्यता रद्द गरेको छ र उनीहरूलाई दुई हप्ताभित्र रुस छोड्न आदेश दिएको छ।
मन्त्रालयले दूतावासका अन्य प्रतिनिधिलाई पनि सोधपुछका लागि बोलाएको टेलिग्राममा एक पोस्टमा उल्लेख गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको २५ बर्षे शासनकालमा गुप्तचर निकायका कारण मस्को र लण्डनबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।
बेलायतले सन् २००६ मा लण्डनमा भएको विषाक्त आक्रमणमा पूर्व रुसी एजेन्ट तथा क्रेमलिनका आलोचक अलेक्जेन्डर लिटभिनेन्कोको हत्यामा मस्कोको हात रहेको आरोप लगाएको छ ।
सन् २०१८ मा बेलायत र उसका सहयोगीहरूले पूर्व डबल एजेन्ट सर्गेई स्क्रिपललाई सोभियत कालको नोभिचोक नामक ‘नर्भ एजेन्ट’ (विष) खुवाएको आरोपमा जासूस भनिएका दर्जनौं रुसी दूतावासका अधिकारीहरूलाई देश निकाला गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्रेमलिनसँग निकट सम्बन्ध कायम गर्न खोजिरहेको ररुसले युक्रेन द्वन्द्वको दोष अमेरिकाबाट युरोपतिर थोपरिरहेको बेला सोमबारको घोषणा आएको हो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते