
काठमाडौं । नेपालकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध पार्न निर्देशन दिनुभएको छ ।
शुक्रबार एनआरएनएका वर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षलगायतलाई परराष्ट्र मन्त्रालयमा डाकेर मन्त्री राणाले एनआरएनए एकताका निम्ति काम गर्न निर्देशन दिनुभएको हो । ‘परराष्ट्र मन्त्रालयले आज एनआरएनएको उच्चस्तरीय समितिसँग समन्वय र सहजीकरण बैठक आयोजना गर्यो,’ उहाँले फेसबुकमा लेख्नुभएको छ,’समिति सदस्यहरुलाई एकीकृत एनआरएनए बनाउने तर्फ काम गर्न निर्देशन दिएको छु ।’
मन्त्री राणाले गैरआवासीय नेपाली संघको विभाजनप्रति सरकार चिन्तित रहेको समेत बनाउनुभएको थियो ।
छलफलमा अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा, कुल आचार्य, रविना थापा, विनोद कुँवर र जानकी गुरुङलगायतको उपस्थिति थियो ।
एनआरएनए एकता महाधिवेशन आउँदो ३ देखि ५ मे, २०२५ मा काठमाडौँमा हुँदैछ । सर्वोच्च अदालतको २०८० चैत २१ गतेको आदेश पालना गर्दै डा. शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन सफल बनाउन तयारी शुरु गरिसकेको छ ।
उच्चस्तरीय समितिले ३१ मार्च २०२५ भित्र संघको सदस्य बन्न योग्य सबै एनआरएनहरुलाई सदस्यताका लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गर्न आह्वान गरेको छ ।
नेपाल सरकारको सहयोगमा अदालतको आदेश कार्यान्वयन प्रक्रियामा रहेको र यससँग बाझिने अरु कुनै आदेश वा फैसला नभएकाले महाधिवेशनमा सहभागिता जनाउन कोही कसैले वैधानिक अप्ठ्यारो महशुस गर्नु नपर्ने उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले बताउनुभएको छ ।
उच्चस्तरीय समितिको पदावधि १८ मे २०२५ मा सकिने भएकाले त्यस अगावै एकता महाधिवेशन गर्नुपर्ने बाध्यता घलेलाई छ । तर, अध्यक्ष बद्री केसी पक्षले विभिन्न प्रक्रियाको विरोध जनाउँदै आएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा