
काठमाडौं । नेपालकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध पार्न निर्देशन दिनुभएको छ ।
शुक्रबार एनआरएनएका वर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षलगायतलाई परराष्ट्र मन्त्रालयमा डाकेर मन्त्री राणाले एनआरएनए एकताका निम्ति काम गर्न निर्देशन दिनुभएको हो । ‘परराष्ट्र मन्त्रालयले आज एनआरएनएको उच्चस्तरीय समितिसँग समन्वय र सहजीकरण बैठक आयोजना गर्यो,’ उहाँले फेसबुकमा लेख्नुभएको छ,’समिति सदस्यहरुलाई एकीकृत एनआरएनए बनाउने तर्फ काम गर्न निर्देशन दिएको छु ।’
मन्त्री राणाले गैरआवासीय नेपाली संघको विभाजनप्रति सरकार चिन्तित रहेको समेत बनाउनुभएको थियो ।
छलफलमा अध्यक्ष बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा, कुल आचार्य, रविना थापा, विनोद कुँवर र जानकी गुरुङलगायतको उपस्थिति थियो ।
एनआरएनए एकता महाधिवेशन आउँदो ३ देखि ५ मे, २०२५ मा काठमाडौँमा हुँदैछ । सर्वोच्च अदालतको २०८० चैत २१ गतेको आदेश पालना गर्दै डा. शेष घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन सफल बनाउन तयारी शुरु गरिसकेको छ ।
उच्चस्तरीय समितिले ३१ मार्च २०२५ भित्र संघको सदस्य बन्न योग्य सबै एनआरएनहरुलाई सदस्यताका लागि आवेदन दिन वा आफ्नो सदस्यता नवीकरण गर्न आह्वान गरेको छ ।
नेपाल सरकारको सहयोगमा अदालतको आदेश कार्यान्वयन प्रक्रियामा रहेको र यससँग बाझिने अरु कुनै आदेश वा फैसला नभएकाले महाधिवेशनमा सहभागिता जनाउन कोही कसैले वैधानिक अप्ठ्यारो महशुस गर्नु नपर्ने उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले बताउनुभएको छ ।
उच्चस्तरीय समितिको पदावधि १८ मे २०२५ मा सकिने भएकाले त्यस अगावै एकता महाधिवेशन गर्नुपर्ने बाध्यता घलेलाई छ । तर, अध्यक्ष बद्री केसी पक्षले विभिन्न प्रक्रियाको विरोध जनाउँदै आएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक