
लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले आफूलाई मन्त्रीपदबाट बर्खास्त गरेपछि लेबर पार्टीका एक सांसद एन्ड्रयु ग्वेनेले आफूले गलत निर्णय गरेकोमा दुःख व्यक्त गर्नुभएको छ ।
सन् २०२४ को जुलाईमा भएको चुनावमा भारी मतान्तरले विजय हासिल गरे पनि स्टार्मर सरकारले आफ्ना सदस्यका कारण पहिलो सात महिनामा व्यहोर्नुपरेको यो पछिल्लो क्षति हो । प्रधानमन्त्री पि.ए.का अनुसार प्रधानमन्त्रीले एन्ड्रयु ग्वेनेको उक्त टिप्पणीको जानकारी पाउने बित्तिकै उहाँलाई कनिष्ठ स्वास्थ्य मन्त्रीपदबाट बर्खास्त गरिएको थियो ।
रिपोर्टमा ग्वेनले यहूदी विरोधी, नस्लवादी र यौनवादी टिप्पणी गरेको आरोप लगाइएको र उहाँलाई लेबर पार्टीबाट पनि निलम्बित गरिएको छ ।
“म मेरो गलत टिप्पणीप्रति गहिरो खेद प्रकट गर्दछु र मैले गरेको कुनै पनि अपराधका लागि क्षमा प्रार्थी छु,” ग्वेनले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ । उहाँले भन्नुभयो, “प्रधानमन्त्री र पार्टीले गरेका निर्णयहरु म राम्ररी बुझेको छु ।”
ग्वेनले ह्वाट्सएप ग्रुपमा लेबर पार्टीका एक दर्जनभन्दा बढी सल्लाहकार पार्टी पदाधिकारी र कम्तीमा एक अन्य सांसदसँग सेयर गरेको सन्देशको छायाँप्रति पोस्ट गर्नुभएको छ ।
उनले एउटा घटकलाई ट्रकले ‘किचेको’ भनेर पनि ठट्टा गर्नुभएको थियो । अर्को टिप्पणीमा उहाँले आफ्ना सहकर्मीलाई फोहर सङ्कलनबारे सोध्ने ७२ वर्षीया महिलाको चाँडै मृत्यु हुने बताउनुभएको थियो ।
गत बर्षको नोभेम्बरमा लुइस हेघले संसदको सदस्य बन्नुअघि आफूले अपराध स्वीकार गरेको खुलासा भएपछि यातायात मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
जुलाई ४ को आम चुनावमा उनको लेबर पार्टीले सत्ता जितेपछि स्टार्मरको क्याबिनेटका कुनै सदस्यले उनको राजीनामा पहिलो पटक दिएका थिए।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा