न्यूयोर्क । संयुक्त राज्य अमेरिकामा आँधीका कारण शुक्रबार तीन हजार भन्दा बढी उडानहरू रद्द भएको छ ।
डेल्टा एयरलाइन्सले एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टका सबै पाँच रनवेहरू दुई घण्टा भन्दा बढीका लागि बन्द गरिएको बताएको छ । डेल्टा विमानले पनि इन्जिनमा समस्या आएपछि एटलान्टामा उडान रद्द गर्नुपरेको थियो ।

डलास–फोर्ट वर्थ (टेक्सास) र शार्लोट डगलस (उत्तरी क्यारोलिना) पनि उडानहरू खराब मौसमबाट प्रभावित भएका थिए । फ्लाइटअवेयरका अनुसार दुबै एयरपोर्टहरूमा एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरियो । संयुक्त राज्य अमेरिका यस हप्ताको सुरुमा आँधीको चपेटामा परेको थियो । यहाँ कम्तिमा पाँच जनाको ज्यान गएको र सयौं उडानहरू रद्द भएको थियो ।
केही ठाउँमा तापक्रम शून्य डिग्री फरेनहाइट (–१८ डिग्री सेल्सियस) भन्दा तल झर्यो र हजारौं मानिसहरू बिजुलीविहीन भए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा