अफगानिस्तान । अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।

राजधानी काबुल र दक्षिणी कान्दाहार शहरको बीचमा रहेको गजनी प्रान्तमा बुधबार राति भएको दुर्घटनामा प्रान्तीय सूचना तथा संस्कृति प्रमुख हमिदुल्लाह निसारले एक्समा बताउनुभयो ।
“काबुल–कान्दाहार राजमार्गमा दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना भएको र घटनामा ५२ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्,” सरकारका मुख्य प्रवक्ता जबीहुल्लाह मुजाहिदले भन्नुभयो ।
मध्य गजनीको शाहबाज गाउँ नजिकै एउटा बस इन्धन ट्याङ्करसँग ठक्कर खाँदा दुर्घटना भएको थियो भने अर्को बस पूर्वी जिल्ला अन्दरमा एउटा ट्रकसँग ठोक्किएको निसारले बताउनुभयो । उद्धार टोली घटनास्थलमा पुगेको र घाइतेलाई अस्पताल पुर्याएको र केहीको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।
दशकौँ लामो द्वन्द्व खेपेको अफगानिस्तानमा कमजोर सडक, राजमार्गमा तीब्र गति गुड्ने सवारी साधन र नियमनको अभावका कारण अफगानिस्तानमा सवारी दुर्घटना हुने गरेको छ ।
गत मार्चमा दक्षिणी हेल्मान्ड प्रान्तमा एउटा बस र इन्धन ट्याङ्कर ठोक्किँदा २० जनाभन्दा बढीको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए।
सन् २०२२ को डिसेम्बरमा अफगानिस्तानको उचाइमा रहेको सलाङ पासमा इन्धन ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनुका साथै दर्जनौँ मानिस जलेर घाइते भएका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा