
लन्डन । तमु कलाकार सांस्कृतिक मञ्च यूकेको यस वर्षको ल्होछार/ल्होसार कार्यक्रम सम्पन्न भएको छ ।
मञ्चले गत वर्षहरूमा जस्तै शनिबार ७ डिसेम्बर २०२४ मा अल्डरसटस्थित एम्पायर हलमा ल्होछार/ल्होसार शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको जनाएको छ । संस्थाका अध्यक्ष पदम गुरूङको सभापतित्वमा भएको कार्यक्रममा बेलायतस्थित तमु संघसंस्थाका अग्रजहरू र कला संस्कार संस्कृतिका पारखीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष हरि गुरूङ, प्रमुख सल्लाहकार एकेन्द्र तमु, संस्थापक अध्यक्ष सूर्य गुरूङ, लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरूङलगायत उपस्थित सबैले आउँदै गरेको सप्ह्री ल्होको शुभकामना दिनुका साथै चौथो रोधी साँझको पनि सफलताको कामना गर्नुभएको थियो ।
शुभकामना आदानप्रदानपश्चात् संस्थापक अध्यक्षबाट १५ मार्च २०२५ मा हुन गइरहेको रोधी साँझको टिकट वितरण गर्नुभएको थियो । त्यसै अवसरमा चाईना ओरियन्टल अल्डरसटका प्रबन्ध निर्देशक तथा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरूङ र पानस रेस्टुरेन्टका संचालक तथा तमु धीं यूकेका सचिव बिमल गुरूङबाट रोधी साँझका लागि आर्थिक सहयोग दिएको जानकारी गराइएको छ ।
सचिव सुशील गुरूङले संचालन गरेको कार्यक्रमको अन्तमा अध्यक्ष पदम गुरुङबाट संस्थाको छोटो अपडेट र उपस्थित सबैलाई धन्यवाद र आभार ब्यक्त गर्दै औपचारिक कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा मिठोमिठो गफगाफ गर्दै एम्पायर हलबाट तयार पारिएको स्योकै (भोज) खाँदै तमु क्वोए (गुरूङ गीतहरू) गाउँदै रमाइलो गरिएको थियो ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर