
कास्की । पोखरामा बुधबारदेखि साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता सुरू भएको छ ।
पोखरा महानगरपालिका–१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ । सो दौडमा बेलायत, नेपालसहित १३ देशका ५९ साइक्लिस्टले सहभागिता जनाएको प्रतियोगिताका डाइरेक्टर सुनिलचन्द्र शर्माले बताउनुभयो । प्रतियोगितामा नेपालसहित भारत, चीन, सिङ्गापुर, अमेरिका, बेलायत, अस्ट्रेलिया, इण्डोनेसिया, श्रीलङ्का, फिलिपिन्स, न्यूजील्याण्डलगायत देशका साइक्लिस्टहरूले प्रतिस्पर्धा गरेका छन् । साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्टायाइने शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सिनियर, जुनियर र महिलातर्फको इभेण्टमा प्रतिस्र्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताउनुभयो ।
खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई प्राथमिकतामा राख्न मन्त्री थापाले आग्रह गर्नुभयो । पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले आर्वामा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले बताउनुभयो ।
समुद्री सतहदेखि एक हजार चार सय मिटर उचाइमा रहेको आर्वा–विजयडाँडा हुने माउण्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्याउने उहाँको भनाइ छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो