
कास्की । पोखरामा बुधबारदेखि साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता सुरू भएको छ ।
पोखरा महानगरपालिका–१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता यही मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ । सो दौडमा बेलायत, नेपालसहित १३ देशका ५९ साइक्लिस्टले सहभागिता जनाएको प्रतियोगिताका डाइरेक्टर सुनिलचन्द्र शर्माले बताउनुभयो । प्रतियोगितामा नेपालसहित भारत, चीन, सिङ्गापुर, अमेरिका, बेलायत, अस्ट्रेलिया, इण्डोनेसिया, श्रीलङ्का, फिलिपिन्स, न्यूजील्याण्डलगायत देशका साइक्लिस्टहरूले प्रतिस्पर्धा गरेका छन् । साइक्लिस्टले डाउनहिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्टायाइने शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार सिनियर, जुनियर र महिलातर्फको इभेण्टमा प्रतिस्र्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताउनुभयो ।
खेलकुद विकासका लागि प्रदेश सरकारले लगानी, नीति र पूर्वाधार निर्माणमा ध्यान दिइरहेको भन्दै प्रतियोगिता गर्दा पर्यावरणीय सन्तुलन र स्थानीय समुदायको हितलाई प्राथमिकतामा राख्न मन्त्री थापाले आग्रह गर्नुभयो । पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले आर्वामा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले बताउनुभयो ।
समुद्री सतहदेखि एक हजार चार सय मिटर उचाइमा रहेको आर्वा–विजयडाँडा हुने माउण्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्याउने उहाँको भनाइ छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?