
लन्डन । नेपाली चलचित्र ‘काँडेतार’का निर्माता सत्यकला राई तथा अभिनेता नवल खड्कालाई खस समाज यूकेले सम्मान गरेको छ ।
साउथ ईस्ट लन्डनको प्लमस्टिडस्थित क्याप्रिकन रेस्टुराँमा एक समारोहबीच निर्माता र अभिनेतालाई ‘बलिराज सम्मान-२०८१’ द्वारा सम्मानत गरिएको हो । उहाँहरुलाई प्रमुख अतिथि साउथ ईस्ट लन्डन रोयल बरो अफ ग्रीनवीचका मेयर जित रानाभाट, खस अन्तर्राष्ट्रिय समन्वय समाजका केन्द्रीय संयोजक टेकबहादुर थापा, खस समाज यूकेका सल्लाहकार राजेन्द्र खस र नेपाल आदिवासी जनजाति महासंघ यूकेका निवर्तमान अध्यक्ष कर्मा पहाडी शेर्पाले संयुक्त रुपमा खादा तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै साउथ ईस्ट लन्डन रोयल बरो अफ ग्रीनवीचका मेयर जित रानाभाटले चलचित्र ‘काँडेतार’को मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो ।
यस्तै खस समाजका अन्तर्राष्ट्रिय संयोजक टेकबहादुर थापाले नेपाली चलचित्र र कलाको माध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै कलाकारद्वयलाई सम्मान गरिएको बताउनुभयो ।
उक्त अवसरमा चलचित्र काँडेतारको विशेष शो गोर्खा क्याप्रीकनको हलमा देखाइएको थियो । चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत कथावस्तुमा आधारित भएकाले चलचित्र उत्कृष्ट रहेको कार्यक्रम संयोजक नायक, निर्माता एवं निर्देशक मनिस श्रेष्ठले दाबी गर्नुभयो । चलचित्र ‘काँडेतार’यूकेमा अल्डरसट, आशफोर्ड, स्वीडन, बेजिङस्टोक, साउथह्यारो लगायतका दर्जन ठाउँहरुमा प्रदर्शन गरिएको चलचित्रका नायक नवल खड्काले जानकारी गराउनुभयो |
चलचित्र निर्मात्री तथा गायिका सत्यकला राईले आफ्नो देशलाई विदेशीभूमिमा चिनाउने उद्देश्यले निर्माण भएको चलचित्र ‘काँडेतार’प्रति यूकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफू अत्यन्तै हर्षित भएको बताउनुभयो । चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्न सत्यकलाले आफ्ना चर्चित गीतहरु पनि गाउनुभएको थियो ।
नवल खड्का, गौरव पहाडी, रेविका गुरुङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलीधर, सन्जय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते