
काठमाडौं । नेपाल तामाङ घेदुङको सहकार्य र अन्तर्राष्ट्रिय तामाङ परिषद्को समन्वयमा गत आश्विन १०–१२ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाएका परिवार र पहिरोबाट प्रभावितहरुलाई राहत वितरण गरिएको छ ।
मंगलबार काभ्रेको तेमाल गाउँपालिका वडा नं. १, २, ४, ७ र नमोबुद्ध नगरपालिका वडा नं. ५ का मृतक परिवारलाई प्रतिव्यक्ति रु.२४ हजार र पहिरोबाट प्रभावित परिवारलाई रु. ३ हजार ५ सयका दरले परिषद्का महासचिव टासी लामा र घेदुङका महासचिव जगतमान लामा (दोङ) ले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो । नेपाल तामाङ घेदुङको हालै बसेको सचिवालय बैठकले बाढी पहिरोबाट अतिप्रभावित काभ्रेका रोशी, तेमाल, बेथानचोक, नमोबुद्ध र ललितपुरको कोन्ज्योसोम, महांकाल र बागमती गाउँपालिकाका मृतक परिवारलाई राहत वितरण गरिने दिने निर्णय गरेको थियो ।
नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्सँग सम्बद्ध विभिन्न संघसंस्था र नेपाल तामाङ घेदुङका सल्लाहकार र कार्यसमिति समेत गरी कूल रु. १७,१८२९०।– (अक्षरुपी सत्रलाख अठार हजार दुई सय नब्बे मात्र) संकलन भएको थियो । मृतक परिवारलाई राहत वितरणका लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, नेपाल तामाङ घेदुङका महासचिव जगत दोङ, नेपाल तामाङ घेदुङ विपद् व्यवस्थापन समितिका सदस्य हिरालाल तामाङ, नेपाल तामाङ घेदुङ काभ्रेका अध्यक्ष राजकुमार तामाङ, सचिव निमा ब्लोन, नेपाल तामाङ घेदुङ इजरायलका प्रतिनिधि कुमारी गाल्देन र तामाङ समाज जापानका प्रतिनिधि दिपेन्द्र योन्जन र पत्रकार अनिस तामाङसमेत पुग्नुभएको थियो ।
उक्त अभियानमा नेपाल तामाङ घेदुङ इजरायल, नेपाल तामाङ घेदुङ रोमानिया, नेपाल तामाङ समाज जापान, तामाङ समाज पोर्तुगल, तामाङ समाज युके, तामाङ समाज बेल्जियम, नेपाल तामाङ घेदुङ मलेसिया र प्रवासी सृजनशील महिला समूह इजरायलले साथ दिएको घेदुङका महासचिव लामाले जानकारी दिनुभयो ।
उहाँले केहीदिनभित्र तोकिएका बाँकी क्षेत्रमा पनि राहत वितरण गरिने बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी