
लन्डन । साहित्यकार एवं सञ्चारकर्मी डा. सङ्गीता श्रेष्ठ ‘स्वेच्छा’ इन्टरनेसनल एसोसिएसन फर आर्टस् एण्ड कल्चर फर पिस (आईएएसीपी)को अध्यक्ष नियुक्त हुनुभएको छ ।
युनिभर्सल पिस फेडरेसनअन्तर्गत सञ्चालनमा रहेको आईएएसीपी एउटा विश्वव्यापी संजाल हो । जसले संगीत, नृत्य, चित्रकला, फिल्म र साहित्यजस्ता विभिन्न कलात्मक अभिव्यक्तिहरूमार्फत शान्ति र एकता प्रवर्द्धन गर्ने प्रतिबद्धता राख्दछ । आफ्नो नयाँ भूमिकामा, डा. श्रेष्ठले आईएएसीपीको मिसनलाई अघि बढाउनका लागि कलाकारहरू, सांस्कृतिक नेताहरू र दूरदर्शी व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्नुहुनेछ । साथै सहकार्य र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्दै विश्वव्यापी शान्ति प्रवर्द्धन गर्ने लक्ष्य डा श्रेष्ठको छ ।
युनिभर्सल पिस फेडरेसन बेलायतका महासचिव रोबिन मार्शले भन्नुभयो, ‘डा. श्रेष्ठ जस्तो व्यक्तित्वको नेतृत्वमा यो महत्वपूर्ण पहललाई अघि बढाउन पाउँदा हामीलाई अत्यन्तै खुशी लागेको छ र उहाँको नेतृत्वले आउने वर्षमा पुर्याउने सकारात्मक प्रभावलाई हामी उत्सुकताका साथ पर्खिरहेका छौँ ।’
डा. श्रेष्ठलाई युनिभर्सल पिस फेडरेसनद्वारा सन् २०२३ डिसेम्बरमा ‘एम्बेसडर फर पिस’ अवार्डबाट लन्डनमा सम्मानित गरिएको थियो । यो पुरस्कारले शान्तिपूर्ण र दिगो विश्व निर्माणमा उहाँको समर्पणलाई प्रतिबिम्बित गर्दछ । ‘यो भूमिका ग्रहण गर्न पाउँदा म अत्यन्त सम्मानित महसुस गर्दैछु र कला, साहित्य तथा संस्कृतिलाई शान्ति निर्माण र आपसी समझदारीको महत्त्वसंगै अगाडि बढाउन निरन्तर प्रयासरत र प्रतिबद्ध छु,’ डा. श्रेष्ठले भन्नुभयो, ‘म युनिभर्सल पिस फेडरेसन बेलायतप्रति यो अवसरका लागि आभारी छु । आईएएसीपी र यूपीएफका प्रतिभाशाली सदस्यहरूसँग सहकार्य गर्दै हाम्रा साझा उद्देश्यहरू प्राप्त गर्न प्रतिक्षारत छु ।’
युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक परिषद्सँग परामर्शको काम गर्ने विश्वव्यापी संस्था हो । आईएएसीपीजस्ता नेटवर्क र पहलहरू मार्फत यूपीएफ विश्वभर शान्ति, एकता र सहयोगलाई प्रवर्द्धन गर्न प्रयासरत छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा