
लण्डन । पासा पुचः गुथी युकेको अध्यक्षमा पुन रुक्मिणी मानन्धर निर्वाचित हुनुभएको छ ।
गुथीको तेइसौँ साधारणसभाले मानन्धरको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा ओजेश सिंह, महासचिवमा लिसा दली श्रेष्ठ, कोषाध्यक्षमा मन्दिरा मानन्धर, सहकोषाध्यक्षमा पब्लिका श्रेष्ठ, साँस्कृतिक सचिवमा आस्था जोशी बाटाजू, सहसचिवमा अमिता श्रेष्ठ रहनुभएको छ ।
सदस्यहरुमा सन्दिप तुलाधर, प्रीति खड्गी शाही, दिनेश तुलाधर, निशा दली श्रेष्ठ, प्रमोद मानन्धर, रविन्द्र जोशी, सन्नी शाही, विल्सन महर्जन, सुमन महर्जन, मनिराजा महर्जन, आशुतोष कक्षपति, रुपेश महर्जन र सन्दिपा तुलाधर रहेका छन् ।
नयाँ कार्यसमिति चयनका लागि संस्थापक अध्यक्ष अमृतरत्न स्थापित, पूर्व अध्यक्ष डा सचेतन तुलाधर र पासा पुचः गुथीका अध्यक्ष सुशील प्रजापति रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि भएको सत्रमा महासचिव लीसा दली श्रेष्ठले गुथीको प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष मन्दिरा मानन्धरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो