
लण्डन । बेलायतमा रहेको विश्व प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने रहर धेरैको हुन्छ तर विश्वभरका मेधावी विद्यार्थीहरू बीचको चर्को प्रतिस्पर्धाका कारण धेरैको रहर पूरा हुँदैन ।
नेपालजस्तो अविकसित मुलुकबाट क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्न पाउनु त झनै चुनौतीपूर्ण छ । यही चुनौतीलाई केही हदसम्म भएपनि कम गर्न हाल क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले क्याम्ब्रिज विश्व विद्यालयमा कसरी आवेदन गर्ने भन्ने बारेमा अनुभव आदानप्रदान कार्यक्रम राखेका छन् ।
अक्टोबर ४ (शुक्रबार) का दिन अनलाइनमार्फत हुने सो कार्यक्रममा हाल क्याम्ब्रिज विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफ्नो अध्ययनका अनुभवका साथसाथै सो विश्व विद्यालयमा अध्ययन गर्न कसरी आवेदन दिने, पर्सनल स्टेटमेन्ट कसरी लेख्ने, प्रवेश परीक्षा कसरी दिने भन्ने लगायतका विषयमा छलफल गर्नेछन् ।
क्याम्ब्रिज विश्वविद्यालय नेपाली समाजले आयोजना गरेको सो कार्यक्रममा भाग लिन पोस्टरमा दिइएको लिङ्कमा रजिष्टर गरेर वा दिइएको इन्स्टा अकाउण्टमा म्यासेज गरेर भाग लिन सकिने बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा