
लण्डन । बेलायतमा रहेको विश्व प्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयमा पढ्ने रहर धेरैको हुन्छ तर विश्वभरका मेधावी विद्यार्थीहरू बीचको चर्को प्रतिस्पर्धाका कारण धेरैको रहर पूरा हुँदैन ।
नेपालजस्तो अविकसित मुलुकबाट क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गर्न पाउनु त झनै चुनौतीपूर्ण छ । यही चुनौतीलाई केही हदसम्म भएपनि कम गर्न हाल क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले क्याम्ब्रिज विश्व विद्यालयमा कसरी आवेदन गर्ने भन्ने बारेमा अनुभव आदानप्रदान कार्यक्रम राखेका छन् ।
अक्टोबर ४ (शुक्रबार) का दिन अनलाइनमार्फत हुने सो कार्यक्रममा हाल क्याम्ब्रिज विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आफ्नो अध्ययनका अनुभवका साथसाथै सो विश्व विद्यालयमा अध्ययन गर्न कसरी आवेदन दिने, पर्सनल स्टेटमेन्ट कसरी लेख्ने, प्रवेश परीक्षा कसरी दिने भन्ने लगायतका विषयमा छलफल गर्नेछन् ।
क्याम्ब्रिज विश्वविद्यालय नेपाली समाजले आयोजना गरेको सो कार्यक्रममा भाग लिन पोस्टरमा दिइएको लिङ्कमा रजिष्टर गरेर वा दिइएको इन्स्टा अकाउण्टमा म्यासेज गरेर भाग लिन सकिने बताइएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस