लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमलाकुमारी सेन्दाङ लिम्बु र महासचिवमा विश्वासदीप तिगेला निर्वाचित हुनुभएको छ ।
हन्स्लो लन्डनमा १३ र १४ सेप्टेम्बर २०२४ मा आयोजित ११ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट ४ सय ३९ मतसहित सेन्दाङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी गणेश इजमले ३ सय ४९ र अमृता पालुङ्वाले ८५ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षहरुमा शान्तकुमार हुक्पा चोङबाङ, दिपेन्द्र याक्सो र राजेन लाबुङ निर्वाचित हुनुभएको छ । चोङवाङले ४ सय ४ मत, याक्सोले ३ सय ९० र लाबुङले ३ सय ७७ मत पाउनुभएको थियो उपाध्यक्षका प्रतिस्पर्धीहरू विजय लिङ्थेपले ३ सय १५ र ताराप्रसाद कन्दङवाले ३२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
महिला उपाध्यक्षमा सानु सुब्बा निर्विरोध निर्वाचित हुनुभयो ।
महासचिवमा विश्वासदीप तिगेला निर्वाचित हुनुभएको छ । उहाँले ४ सय १७ मत प्राप्त गर्दै निवर्तमान महासचिव जुरेन्द्र खजुमलाई पराजित गर्नुभयो । खजुमले ३ सय ५८ मत ल्याउनुभएको थियो ।
सचिवमा महेशकुमार वनेम ३ सय ८० मतका साथ विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी लाहाङ चेम्जोङले ३ सय ४४ मत ल्याउनुभएको थियो ।
महिला सहसचिव शकुन्तला नेम्बाङ निर्विरोध हुनुभयो ।
कोषाध्यक्षमा खगेन्द्र लावती निर्वाचित हुनभयो । उहाँले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी धनकुमार काम्बाङले ३ सय ३४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
सहकोषाध्यक्षमा भने सबिता लाबुङ लिम्बु निर्विरोध हुनुभएको छ ।
निर्वाचन मण्डलको अध्यक्षमा मेजर रिटायर्ड चितराज चोङबाङ, सदस्यहरू ले. रि सिरी लिम्बु, दुर्गा पाङ्ममा र सचिव नर थाम्सुहाङ रहनुभएको थियो ।
निर्वाचन मण्डल अध्यक्ष चोङ्बाङ्ले नवनिर्वाचित कार्यसमितिलाई लिम्बु भाषामा पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।
अध्यक्ष चोङ्बाङले शुभकामना तथा बधाई मन्तव्य राख्नुभएको थियोे भने गणेश इजमले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
सन् २००३ मा स्थापित चुम्लुङमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित हुनुभएको छ ।
महाधिवेसनमा ९४७ मत खसेको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास