लन्डन । संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत चन्द्रकुमार घिमिरेले गोर्खाहरुको समस्या सदाका लागि समाधान गर्न हाल जारी वार्तालाई सकेसम्म चाँडो ठोस निष्कर्षमा पुऱ्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्नुहुँदै प्रस्तावित राजदूत घिमिरेले गोर्खा सैनिकहरुको हित हुनेगरी जारी वार्तालाई टुंगो पुर्याउने बताउनुभएको हो ।
‘सन् १९९७ पूर्व ब्रिटिस गोर्खा फौजबाट सेवानिवृत्त भएका गोर्खाहरुको समस्या सदाका लागि समाधान गर्न हाल जारी वार्तालाई गोर्खा सैनिकहरुको हित हुनेगरी सकेसम्म चाँडो ठोस निष्कर्षमा पुऱ्याउनेछु,’ घिमिरेको प्राथमिक भावी योजनामा उल्लेख छ, ‘अन्य सुविधाहरुको हकमा सेवानिवृत ब्रिटिस गोर्खाको अधिकतम हित संवर्द्धन हुने गरी तार्किक निष्कर्षमा पुऱ्याउनेछु,’यस्तै गोर्खाको गौरवशाली इतिहासबारे थप अनुसन्धान, खोज, प्रकाशन र बहसलाई प्रोत्साहन दिने, ब्रिटिश सेनामा भर्ति प्रणालीलाई थप पारदर्शी तथा निष्पक्ष बनाउन संयुक्त अधिराज्यको सरकारको सम्बन्धित निकायसँग समन्वय गर्ने, संयुक्त अधिराज्यमा रहेका ब्रिटिु गोर्खा सैनिकहरूसँग निरन्तर सम्पर्कमा रही वहाँहरुको मनोबल बढाउने र अन्य समस्या हल गर्ने योजना पनि उहाँको छ ।
प्रस्तावित राजदूत घिमिरले आफ्नो कार्ययोजनामा देशको हितलाई सर्वोपरी राखी संयुक्त अधिराज्यसँगको नेपालको ऐतिहासिक सुसम्बन्ध, उक्त राष्ट्र सम्मुनत आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र सुदृढ शासकीय क्षमता र ती क्षमतासँग नेपाल र नेपालीको समुन्नतीका लागि पर्याप्त क्षमताहरु रहेको उल्लेख गर्दै त्यसका लागि आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
आफू राजदूत भएमा श्रम बजारको खोजी गर्ने, पर्यटन प्रवर्द्धनमा भूमिका खेल्ने, जलवायुसम्बन्धी मुद्दामा नेपालको पक्षमा पैरवी गर्नेलगायत उहाँको कार्ययोजना छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा