
लन्डन । प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको दक्षिण पूर्व (साउथ इस्ट) इलाका कमिटी अध्यक्षमा राममाया विष्ट निर्वाचित हुनुभएको छ ।
साउथ इस्टस्थित वीलवुचमा आइतबार सम्पन्न छैटौं अधिवेशनले विष्टको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । साउथ इस्टमा विष्ट पहिलो महिला अध्यक्ष हुनुहुन्छ । यसअघि पुरुषहरु नै अध्यक्ष हुनुभएको थियो ।

कार्यसमिति उपाध्यक्षमा करुणा हमाल, सचिवमा जीविका नहर्की, उपसचिवमा राजेन्द्र लम्साल चयन हुनुभएको छ ।
सदस्यहरुमा रत्ना हमाल शाही, लिलाराम सापकोटा, सन्तोष गिरी, अनिश थपलिया, नविन भट्ट, थर्कसिंह खड्का, किरण अधिकारी र मनिषा खड्का रहनुभएको छ । तीन जना सदस्य पछि कार्यसमितिले थप गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष विष्टसहित कार्यसमिति लाई ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका उपसचिव तथा अधिवेशनका प्रमुख अतिथि कर्ण शाहीले शपथग्रहण गराउनुभएको थियो ।
निर्वाचन समिति संयोजक केदार थपलियाले सम्पूर्ण कार्यसमिति सर्वसम्मत भएको जानकारी अधिवेशनलाई गराउनुभयो । निर्वाचनका लागि संयोजक थपलिया तथा सदस्यद्वय ओएनएफ यूके उपाध्यक्ष डा मुकुन्द बास्तोला र सचिव पुण्य रेग्मी भएको समित गठन गरिएको थियो ।
यसैबीच, अध्यक्ष विष्टले निर्वाचित भएलगत्तै सबैसँग हातेमालो गरेर अघि बढने प्रतिबद्धता जनाउनुभयो । नवनिर्वाचित कार्यसमितिलाई ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य कल्पना त्रिपाठी, उपसचिव कर्ण शाही र ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालले शुभकामना दिनुभएको थियो ।
यसअघि, निवर्तमान अध्यक्ष अर्कराज तिमल्सिनाले विगतमा गरेका काम र आगामी दिनमा गर्न सक्ने कामका बारेमा सुझाव दिनुभयो । सचिव पंकज बजगाईले कार्य प्रगति विवरण पेस गर्नुभएको थियो । उक्त प्रतिवेदन सर्वसम्मत ढंगले पारित भएको थियो ।

अधिवेशनमा पूर्वअध्यक्ष दिनेश घिमिरे, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सल्लाहकार विनोद ज्ञवाली, उपाध्यक्षद्वय डा.मुकुन्द बास्तोला, सुरेशजंग शाहलगायतको अधिवेशनमा उपस्थिति थियो ।

हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस