
लन्डन । बेलायत भ्रमणमा रहेका पत्रकारहरु डण्ड गुरुङ र दीलिपाश्री अधिकारीलाई सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासंघ (एफएनजे) युके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेले लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा बिहीबार साँझ एक कार्यक्रमबीच गुरुङ र अधिकारीलाई स्वागत, सम्मान तथा बिदाइ’ गरेका हुन् । पत्रकारहरु गुरुङ र अधिकारीलाई एफएनजे युके अध्यक्ष विमला सेने र फोनिज युके अध्यक्ष बम थापा सूर्यवंशी मगरले खादा, मायाको चिनोसहित सम्मान गर्नुभयो । एबीसी टेलिभिजनका सम्पादक गुरुङ फोनिजका निवर्तमान अध्यक्ष र अधिकारी नेपाल प्रेस युनियन उपमहासचिव हुनुहुन्छ ।
पत्रकार गुरुङ र अधिकारीले सम्मानका लागि आयोजकप्रति धन्यवाद दिनुभयो । उहाँहरुले पत्रकार महासंघ बेलायत शाखाको मतभेद समाधानमा समेत जोड दिनुभयो ।
एफएनजे युके अध्यक्ष सेनको अध्यक्षमा भएको कार्यक्रममा फोनिज यूके अध्यक्ष सूर्यवंशी मगरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम महासचिव खेमराज रानाभाटले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा तनहुँ समाज यूकेका संरक्षक एवं सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान बेलायतका संयोजक लेख गुरुङ, सामाजिक अभियन्ता गणेश इजम र एनआरएनए यूके पूर्वसचिव एवं बुद्धिजिवी डा. मीन रानाभाट, एफएनजे युकेका संस्थापक अध्यक्ष नवीन पोखरेल, केन्द्रीय प्रतिनिधि एवं एभरेस्ट टाइम्सका सम्पादक दुत पुन, पत्रकारहरु विश्वासदीप तिगेला, आयोजक संस्थाका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति थियो ।
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस