
लन्डन । बेलायतमा यही सेप्टेम्बर ७ र ८ तारिखमा गाईजात्रा कार्यक्रम हुँदैछ ।
इभेन्ट नेपाल युकेको आयोजनामा सेप्टेम्बर ७ शनिबार हेजमा र सेप्टेम्बर ८ आइतबार प्लमस्टिड एशियन कम्युनिटी हलमा कार्यक्रम तय भएको दिपक माइथाने मगरले जानकारी दिनुभयो । ती कार्यक्रमका लागि चर्चित हास्य कलाकारहरू मनोज गजुरेल, सुबोध गौतम, प्रभात लामा, मोहन गजुरेल बुधबार लन्डन आइपुग्नुभएको छ ।
लन्डनको हिथ्रो विमानस्थल ओर्लिनुभएपछि कलाकारहरुलाई आयोजक इभेन्ट नेपाल युकेका पदाधिकारी लगायतले स्वागत गर्नुभयो ।
हास्य कलाकार गजुरेलले सबै वर्ग युवा, बुबा युके निवासीमात्रै नभई छिमेकी बेल्जियम, फ्रान्सबाट समेत ७ र ८ तारिखको कार्यक्रममा सहभागी हुन उनले आग्रह गर्नुभयो । उहाँको यो तेस्रो पटकको बेलायत भ्रमण हो । इभेन्ट नेपालले कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।
यस्तै गौतमले पनि आफूहरु सुविधाजनक तरिकाले बेलायत आएको भन्दै कार्यक्रमका लागि निमन्त्रणा गर्नुभयो ।
लामाले हँसाउने आफूहरुको कर्म भएको भन्दै बेलायतमा सुरु भएको यस्ता कार्यक्रमलाई स्थापित गर्न आग्रह गर्नुभयो ।
गाईजात्रा यूके कार्यक्रममा लाइभ दोहोरी, डाइनामिक म्युजिक टिम (ब्यान्ड) को प्रस्तुति रहने छन् । ७ सेप्टेम्बरको कार्यक्रममा लोक तथा दोहोरी कलाकार टीका सानु, राजु ढकाल र दिपक थापाले प्रस्तुति दिनुहुनेछ भने ८ को कार्यक्रममा मनमाया वाइबा, दीपक थापा र राजु ढकालले गीत गाउने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागीले कार्यक्रम हलको गेटमा ३५ पाउन्ड र अग्रिम टिकेट लिनेले ३० पाउन्ड मात्र तिर्नुपर्नेछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’