
लण्डन । तमुधिँ युकेले लण्डनमा हरेक वर्ष आयोजना गर्ने नेपालीमा मेलामा यसवर्ष करिब ५ हजारले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेका छन् ।
तमुधिँ युकेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष हरि गुरुङले गत वर्ष करिब ४ हजार २०० जनाले टिकट काटेर नेपाली मेला भरेको तथ्यांक प्रस्तुत गर्दै यस वर्ष सो संख्या ५ हजार नाघ्ने आशा व्यक्त गर्नुभयो ।
यही अगष्ट २५ तारिख आइतबारका दिन लण्डनको केम्प्टन पार्क रेसकोर्समा हुने सो मेलामा बेलायतमा रहेका नेपाली संघसंस्थाहरूले नेपाली परम्परा र सँस्कृति झल्काउने झाँकी तथा नृत्य प्रस्तुत गर्ने छन् । मेलाका संयोजक तथा तमुधिँ युकेका उपाध्यक्ष परशु गुरुङले हालसम्म ४२ वटा संस्थाले सहभागिताका लागि निश्चित गरेको जानकारी दिनुभयो। यस्तै मेलामा व्यापारिक तथा व्यावसायिक स्टलहरू राख्नका लागि ५० वटाभन्दा बढी व्यापारिक तथा सामाजिक प्रतिष्ठानहरूले स्टल बुकिङ गरेको पनि जानकारी दिइयो ।

तमुधिँ युकेले नेपाली राजदुताबास लण्डनसितको सहकार्यमा विगत १५ वर्षदेखि नेपाली मेला आयोजना गर्दै आएको छ । सन् २०२० मा कोभिड महामारीका कारण सो मेला हुन सकेको थिएन । त्यसबाहेकका हरेक वर्ष सो मेला हुँदै आएको छ ।
मेलाका संयोजक परशु गुरुङका अनुसार मेला सम्पन्न गर्नका लागि करिब ३९ हजार पाउण्ड खर्च लाग्ने छ भने करिब साढे ४२ हजार विभिन्न स्रोतबाट आम्दानी हुने छ ।
नेपाली मेलामा झाँकी र नृत्यतर्फ प्रथम हुनेलाई क्रमश ५००, ३०० र २०० पाउण्ड नगद पुरस्कार, मेडल र प्रमाणपत्र दिइने छ भने दुवै तर्फको अंक जोडेर प्रथम हुनेलाई एम्बासेडर कपसहित ११०० पाउण्ड तथा एनआरएन कपसहित ३०० पाउण्ड प्रदान गरिनेछ । मेलामा राफल ड्र पनि राखिएको छ जसमा प्रथम,द्वितीय र तृतीय पुरस्कार क्रमश ३००, २०० र १०० पाउण्ड नगद दिइनेछ ।

अध्यक्ष हरि गुरुङको अध्यक्षता र महासचिव डा विशाल गुरुङको संचालनमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए भने सो अवसरमा हालै सम्पन्न नेपाल पत्रकार महासंघ युकेको अधिवेसनबाट निर्वाचित कार्यसमितिलाई सम्मान पनि गरिएको थियो । पत्रकार सम्मेलनमा मिडिया संयोजक एसके गुरुङले पत्रकारहरूको परिचय गराएका थिए ।
पत्रकार सम्मेलनमा तमुधिँ युकेका संस्थापक अध्यक्षलगायत पूर्व अध्यक्षहरू, कार्यसमितिका पदाधिकारी र सदस्यहरू, आमा समूहका अध्यक्ष लगायत सदस्यहरू पनि उपस्थित थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास