लन्डन । विभिन्न कार्यक्रमसहित इलाम समाज बेलायतको वार्षिक भेटघाट सम्पन्न भएको छ ।

यही शनिबार १० अगस्ट २०२४ मा अध्यक्ष टेकबीर राईको अध्यक्षतामा स्यामुयल कोडी स्कुल फार्नबोरोमा समाजको विभिन्न व्यक्तिहरुलाई बधाई, सम्मान, सांस्कृतिक कार्यक्रमसहित इलाम समाजको वार्षिक भेटघाट भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रम प्रमुख अतिथि नेपाली दूतावास लन्डनका द्वितीय सचिव रामबाबु नेपाल, समाजका अध्यक्ष टेकवीर राईले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रम सुरुआतमा महासचिव याम गुरुङले स्वास्थ्य र सुरक्षाबारे संक्षिप्त जानकारी गराउनुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष धनबहादुर राईले राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली दूतावास लन्डनका द्वितीय सचिव प्रमुख अतिथि रामबाबु नेपाल, विशेष अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहामगर, अथितिहरु धनकुटा समाज युकेका उपाध्यक्ष गणेश जबेगु, पाँचथर समाज सेवा युकेका उपाध्यक्ष एवं एभरेष्ट टाइम्सका प्रबन्ध निर्देशक नगेन्द्रराज नेम्बाङ, तेह्रथुम समाज सेवा युकेका उपाध्यक्ष मिलन गुरुङ, भोजपुर समाज सेवाका प्रतिनिधि देवेन्द्र राई, संखुवासभा सेवा समाज युकेका अध्यक्ष हेमा गुरुङ राना, समाजसेवी शिवजी श्रेष्ठ, समाजका सल्लाहकारहरु प्रमिला लाबुङ राई, कमल राई, राजेन्द्र राई ,कृष्ण देवान, गजेन्द्र कटुवालको उपस्थिति रहेको थियो ।

निवर्तमान अध्यक्ष प्रमिला लाबुङ राईलाई एनआरएनएका महासचिव र पत्रकार महासंघ उपाध्यक्षमा निर्वाचित भएकोमा खादा र पुष्पगुच्छाले सम्मान गरिएको थियो ।
यस्तै उच्च शिक्षा हासिल गर्न सफल भान्जा प्रयास राईलाई पनि सम्मान गरिएको थियो । प्रमुख अतिथि रामबाबु नेपाल, विशेष अतिथि प्रेम गाहामगर, अतिथि शिवजी श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बेलायतका विभिन्न ठाउँहरुमा बसोबास गर्दै आएका इलामेली र गैर इलामेलीहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष टेकवीर राईले सम्पूर्ण अतिथिलगायत उपस्थित महानुभावहरु साथै संस्थाका पदाधिकारी तथा सदस्यहलाई कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद दिनुभयो ।
दोस्रो चरणको साँस्कृतिक कार्यक्रम गायक चोक गुरुङले संचालन गर्नुभएको थियो । कार्यक्रममा कलाकारहरुले प्रस्तुत गरेको गायन र नृत्यमा सहभागीहरु झुमेका थिए ।

इलाममै जन्मिएका गायक तथा संगीतकार गणेश पराजुली, उहाँकी धर्मपत्नी यशोदा पराजुली र गायक दिपेन गुरुङले नेपाली गीतहरु गाउनुभएको थियो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास