
लन्डन । क्षेत्री समाज यूकेको १७ औं वार्षिक भेला सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार समाजकी अध्यक्ष श्रद्धा थापाको अध्यक्षतामा भेला भएको हो ।
बेजिङस्टोक मल्टीकल्चरल एण्ड इथ्नीक फोरमका अध्यक्ष शिवजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलामा
भेलामा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु, आजीवन सदस्यता लिएका सदस्यहरु, सहयोगी एवं सगरमाथा आरोहण गरेका जोर्डन क्षेत्री, ग्रिनीच मेयर जित रानाभाट लगायतलाई सम्मान गरिएको थियो ।
अध्यक्ष श्रेष्ठले प्रवासमा सबै जातजाती मिलेर आ-आफनो भाषा, कला, संस्कृति, पहिचान, रहनसहन बचाउनु पर्ने र त्यसमा समाज क्रियाशील भइरहेको बताउनुभयो । सेन्ट्रल लन्डनमा चिनियाहरुले चाइना टाउन बनाएजस्तै अल्डरसटमा गोर्खा टाउन बनाउन नेपाली समुदायलाई सुझाउनुभयो ।
दोस्रो चरणमा भएको सांस्कृतिक कार्यक्रम सन्तोषी कार्कीले सञ्चालन गर्नुभएको थियो । त्यसक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सुशीला गौतम, सृजना खत्री र चोलेन्द्र पौडेलले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाउनुभयो ।
स्थानीय कलाकार बबिता कुँवर र अदिती अधिकारीले स्वागत नृत्य देखाउनुभएको थियो । माया खड्का, रचना क्षेत्री लगायतले पनि नाच प्रस्तुत गर्नुभएको थियो ।
टेक जिसीले स्वागत मन्तव्य राखेको कार्यक्रम संयोजक मेजर चक्रबहादुर खत्री हुनुहुन्थ्यो । कार्यक्रममा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ पनि गरिएको आयोजकले जनाएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास