
लन्डन । क्षेत्री समाज यूकेको १७ औं वार्षिक भेला सम्पन्न भएको छ । अल्डरसटस्थित एम्पायर हलमा शनिबार समाजकी अध्यक्ष श्रद्धा थापाको अध्यक्षतामा भेला भएको हो ।
बेजिङस्टोक मल्टीकल्चरल एण्ड इथ्नीक फोरमका अध्यक्ष शिवजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको भेलामा
भेलामा उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु, आजीवन सदस्यता लिएका सदस्यहरु, सहयोगी एवं सगरमाथा आरोहण गरेका जोर्डन क्षेत्री, ग्रिनीच मेयर जित रानाभाट लगायतलाई सम्मान गरिएको थियो ।
अध्यक्ष श्रेष्ठले प्रवासमा सबै जातजाती मिलेर आ-आफनो भाषा, कला, संस्कृति, पहिचान, रहनसहन बचाउनु पर्ने र त्यसमा समाज क्रियाशील भइरहेको बताउनुभयो । सेन्ट्रल लन्डनमा चिनियाहरुले चाइना टाउन बनाएजस्तै अल्डरसटमा गोर्खा टाउन बनाउन नेपाली समुदायलाई सुझाउनुभयो ।
दोस्रो चरणमा भएको सांस्कृतिक कार्यक्रम सन्तोषी कार्कीले सञ्चालन गर्नुभएको थियो । त्यसक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु सुशीला गौतम, सृजना खत्री र चोलेन्द्र पौडेलले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाउनुभयो ।
स्थानीय कलाकार बबिता कुँवर र अदिती अधिकारीले स्वागत नृत्य देखाउनुभएको थियो । माया खड्का, रचना क्षेत्री लगायतले पनि नाच प्रस्तुत गर्नुभएको थियो ।
टेक जिसीले स्वागत मन्तव्य राखेको कार्यक्रम संयोजक मेजर चक्रबहादुर खत्री हुनुहुन्थ्यो । कार्यक्रममा आकर्षक पुरस्कारसहित ‘राफल ड्र’ पनि गरिएको आयोजकले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा