
लन्डन । एनआरएनए यूकेले हालै निर्वाचित विमला सेने नेतृत्वको नेपाल पत्रकार महासंघ यूके नयाँ कार्यसमितिलाई सम्मान गरेको छ ।
आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, प्रमुख संरक्षक डेभिड गुरुङ, प्रमुख सल्लाहकार डा. भीम पुन लगायतले नेपाल पत्रकार महासंघ यूके अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्षद्वय प्रमिला लावुङ राई र शिव भण्डारी, कोषाध्यक्ष एसके गुरुङ, सह-कोषाध्यक्ष सुरेन्द्र इंग्नाम, सदस्यहरु वाचस्पति रेग्मी, गोमा राना, बम थापा सूर्यवंशी, मिलन तमु र नरेन्द्र नेम्वाङलाई फेटा, पुष्पगुच्छा र ‘टोकन अफ लभ’ बाट सम्मान गर्नुभएको हो ।
पत्रकार महासंघ यूके अध्यक्ष सेनेले विशेष सम्मान गरेकामा एनआरएनए यूकेप्रति धन्यवाद व्यक्त गर्नुहुँदै नेपाली समुदायको अपेक्षा अनुसार संस्था पत्रकारितामा निरन्तर लागिरहने प्रण गर्नुभयो ।
अध्यक्ष सेनेले नेपाली समुदायको हितका लागि भावी दिनमा एनआरएनए यूकेसँग सहकार्य गर्ने समेत जनाउनुभयो ।
प्रमुख संरक्षक डेभिड गुरुङले पत्रकार महासंघको नयाँ कार्यसमितिलाई बधाई दिनुहुँदै अझ बढी खोज, अनुसन्धानमा लागेर सत्य तथ्य समाचार प्रस्तुत गर्न सुझाव दिनुभयो । उहाँले पत्रकार महासंघ यूके, एनआरएनए यूकेमा केही समूहले भ्रम फैलाउने कोशिस गरे पनि त्यसमा विश्वास नगर्न समुदायसमक्ष अपिल गर्नुभयो ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले विगतमा जे जस्तो भए पनि संघ अब पत्रकार महासंघ, बेलायतको नयाँ कार्यसमितिसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुहुँदै जनचेतनामूलक र सूचनामूलक समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
एनआरएनए यूके महासचिव प्रमिला लाबुङ राईले सञ्चालन गर्नुभएको उक्त सम्मान कार्यक्रममा नेपालबाट आउनुभएका लोकगायक राजेन्द्र कार्कीले राष्ट्रिय गान गाउनु भएको थियो ।
सो अवसरमा एनआरएनए यूकेले अगष्ट ३ मा फेल्थाम लन्डनमा गर्न लागिएको पहिलो एनआरएनए कप फुटबल प्रतियोगिता तथा नेपाल महोत्सव तयारी पूरा भएको जानकारी दिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा