लन्डन । नेप्लिज ड्राइभिङ इन्स्ट्रक्टर एसोसिएसन (एनडीआईए)युकेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार २७ जुलाईका दिन अल्डरसटमा क्याप्टेन रिटायर्ता तामबहादुर ढेगाको अध्यक्षतामा एनडीआईएको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेगा, निवर्तमान अध्यक्ष होम राना र संस्थापक अध्यक्ष थर्क सेनले सामूहिक रुपमा पानसमा दिप प्रज्लन गरी उद्घाटन गर्नुभएको थियो । सभामा सचिव तेज पुनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष निर्मल सिरिसले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदनहरु बैठकमा उपस्थित सबै सदस्यहरुले धन्यवादसहित पारित गराउनुभएको थियो ।
साधारण सदस्य/आजीवन सदस्य शुल्कको बारेमा बृहत् छलफल भएको थियो । यसबारे मेजर रिटाइर्ड भोलामान राई, थर्क सेन, नगेन्द्र नेम्बाङले जिज्ञासा राखे तापनि अर्को अधिवेशनसम्मका लागि सदस्यता शुल्क यथावत् राखिने निर्णय भएको एनडीआईएले जनाएको छ ।
कार्यक्रमको अवसरमा नयाँ सदस्यद्वय एडीआई चन्द्र रसाइली र बुद्ध थापामगरलाई अध्यक्ष ढेगाले खादा ओढाइ सम्मानका साथ संस्थामा स्वागत गर्नुभएको थियो । एसोसिएसनले आगामी मार्च महिनामा डिभिएसएबाट गेस्ट स्पिकर (प्रवक्ता) ल्याएर ज्ञानमूलक कार्यक्रम गर्ने भनी बैठकले पारित गर्यो ।
कार्यक्रममा उपाध्यक्ष राज विष्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सचिव तेज पुनले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा गायिका रेनुका भट्टराईले विभिन्न नेपाली लोक तथा दोहोरी गीत गाउनुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा