लन्डन । खेलकुद र साँस्कृतिक कार्यक्रमसहित लमजुङ समाज युकेको ग्रीष्मकालीन भेटघाट भव्य रूपमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष दलबहादुर गुरुङको निर्देशन, उपाध्यक्ष जुना गुरुङले संयोजन गरेको कार्यक्रम शनिबार अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरमा सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुआतमा फुटबल, ठेलो, महिफा भलिबललगायत विभिन्न खेलकुद प्रतियोगिता भएको थियो ।
सम्पूर्ण खेलकुदको संयोजन सल्लाहकार क्याप्टेन दीपक घलेले गरेका थिए । खेलकुद समापन हुनासाथ मैदानमै पुरस्कार वितरण गरिएको थियो ।
भेटघाट कार्यक्रममा स्वादिष्ट बीबीक्यूको व्यवस्था अल्डरसटस्थित गोरखा किचनले गरेको थियो । दिउँसो दुई बजेदेखि उपस्थित सबैलाई बीबीक्यू र खाना खुवाइएको थियो । आमा समूहका स्वयंसेवकहरूले चिसो पेय पदार्थको बन्दोबस्त गरेका थिए ।
औपचारिक कार्यक्रम अध्यक्ष दलबहादुर गुरुङको सभापतित्वमा सचिव कुमार गुरुङले सञ्चालन गरे । संयोजक जुना गुरुङले स्वागत तथा धन्यवाद मन्तव्य राखिन् ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरू मनमाया वाइबा, राजु आरडी, लक्ष्मी गुरुङ र तिलक गुरुङलाई समाज र आमा समूहबाट मायाको चिनोसहित स्वागत तथा सम्मान गरिएको थियो ।
स्थानीयसहित नेपालबाट आएका कलाकारले बेजोड प्रस्तुति दिए । उनीहरूको गीत तथा नृत्यमा दर्शकहरू झुमेका थिए । दर्शकले अति नै मन पराएका गायिका मनमाया वाइबा, राजु आरडी र तिलक गुरुङले सबैलाई नचाएका थिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय