विभिन्न सांस्कृतिक कार्यक्रमसहित फानबोरोस्थित सामुयल कोडी स्कुलमा स्थानीय समयअनुसार मध्याह्न १२ देखि राति ११ बजेसम्म कार्यक्रम हुने संस्थाका अध्यक्ष हेमकुमार गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा प्रस्तुति दिन नेपालबाट लोक तथा दोहोरीका चर्चित गायक रविन लामिछाने र गायिका रेजिना परियार बेलायत आइपुग्नु भएको छ ।
गोरखाली समाज युकेको निमन्त्रणामा कलाकारद्वय रविन र रेजिना बुधबार लन्डनको हिथ्रो एयरपोर्टमा आइपुग्नुभएको हो । उहाँहरुलाई अध्यक्ष हेमकुमार, महासचिव गौतम गुरूङ, उपाध्यक्ष टकमाया गुरूङ, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू गणेश गुरूङ, राजकुमार गुरुङ, पूर्वअध्यक्ष कर्ण दर्लामीमगर साथै गोरखालीहरू हिथ्रोमा पुगेर स्वागत गर्नुभएको थियो । कार्यक्रममा नायिका तथा डान्सर लक्ष्मी गुरुङको समेत विशेष प्रस्तुति रहने छ । उहाँ भने केही समयदेखि बेलायतमै हुनुहुन्छ । ।
अध्यक्ष हेमकुमार गुरुङले कार्यक्रममा सहभागी हुने गोरखाली समाज युकेका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षहरु, ट्रस्टिजहरू, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरू तथा सम्पूर्ण बेलायतवासी नेपालीलाई अनुरोध गर्नुभएको छ ।

गोरखाली समाज युकेको निमन्त्रणामा बेलायत आइपुग्लानु भएका कलाकारद्वय रविन र रेजिना
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय