
लन्डनको फेल्थाममा पहिलो पटक फुटबल प्रतियोगिता तथा एनआरएनए महोत्सव गर्न लागिएको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिनुभयो ।
उनले बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’को उद्देश्यसहित एनआरएनए युवा विभागले ९ ए साइड एनआरएनए कप गर्न लागेको उहाँले बताउनुभयो ।
एक हप्ताका लागि टिम दर्ताको समय दिएकोमा ५२/५३ टिम आएका थिए । ४२ टिमलाई मात्र खेलाइने पक्का भएको अध्यक्ष गाहामगरले बताउनुभयो ।
एनआरएनए युवा विभागका संयोजक विशाल राई, महासचिव निकेश लिम्बु र कोषाध्यक्ष असल लिम्बुले प्रतियोगिताको मूख्य भूमिका खेलिरहनुभएको छ ।
यो खेल कुनै प्रतिस्पर्धाका लागि नभई आउँदो पुस्ताले निरन्तरता दिओस्, युवा र अग्रजबीचको खाडल पूर्ति गर्ने र युवालाई प्रेरित गर्न प्रतियोगिता गर्न लागेको अध्यक्ष गाहामगर प्रस्ट पार्नुभयो ।
प्रतियोगिता बिहान साढे ८ बजेदेखि सुरु हुने छ । कार्यक्रममा सांस्कृतिक झाँकी र सांगीतिक कार्यक्रम पनि समेटिनेछ ।
यस्तै नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्द्धनका लागि नेपाल महोत्सव पनि गरिने भएको छ । कार्यक्रम खर्चिलो तर उद्देश्यमूलक प्रतियोगितामा भएको हुनाले बेलायतमा रहेका संघसंस्थालाई सहयोगका लागि एनआरएनए यूकेले अनुरोधसमेत गरेको छ ।
अध्यक्ष गाहामगरले भन्नुभयो, ‘नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र रहनसहन दोस्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरूको मातृभूमिसँगको नाता तोडिने चिन्ता रहेको छ । त्यसैले सहयोग र समर्थनका लागि अनुरोध छ ।’
कार्यक्रमका लागि प्रायोजन गर्नेहरुलाई मायाको चिनो, प्रतियोगिता विजयीलाई पुरस्कार वितरणलगायत कार्यक्रम रहनेछ ।
एनआरएनए कप र महोत्सवका विषयमा विस्तुत जानकारीका लागि यही जुलाई २८ मा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने अध्यक्ष गाहामगरले जानकारी दिनुभयो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय