
लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले २११औं भानु जयन्ती साथै ९३औं ईश्वर मानन्धर जयन्ती मनाएको छ ।
शनिबार १३ जुलाई २०२४ मा भर्चुअल माध्यमबाट अनेसास युकेले आफ्नो वार्षिक क्यालेण्डरअनुसार भानु र ईश्वर मानन्धर जयन्ती भव्यताका साथ मनाएको हो । राज श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष माया गुरुङको संयोजनमा आयोजित कार्यक्रममा एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ प्रमुख अतिथि र अनेसास केन्द्रका नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले तथा निवर्तमान अध्यक्ष गोवर्धन पूजा विशेष अतिथि रहेका थिए ।
कुमार केसीबाट जूम होस्ट र मन्जु भन्डारीबाट संचालित कार्यक्रममा अनेसासका सल्लाहकारद्वय सुमलकुमार गुरुङ र डा. रुपक श्रेष्ठले क्रमशः आदिकवि भानुभक्त र डायस्पोराका आदिकवि ईश्वर मानन्धरका साहित्यिक योगदानबारे प्रकाश पारेको कार्यक्रम संयोजक तथा अनेसास युकेकी उपाध्यक्ष माया गुरुङले जानकारी दिइन् ।
शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले भानुभक्तले सबै नेपालीलाई नेपाली भाषाका माध्यमले एकत्रित बनाएको उल्लेख गर्दै अनेसासले विश्वभरि नै नेपाली भाषा र साहित्य पुऱ्याउन ठूलो भूमिका खेलेको बताए । विशेष अतिथि गोवर्धन पूजा तथा सर्वज्ञ वाग्लेले शुभकामना मन्तव्य राखे ।
सुप्रमा-ईप्रमा पुरस्कार संस्थापक परिवारका प्रतिनिधित्व गर्दै कविपुत्री सविता मानन्धरले सो पुरस्कारलाई निरन्तरता दिने जानकारी दिइन् ।
नेपाल, बेल्जियम, पोर्चुगल, अमेरिका र बेलायतबाट उपस्थित कविहरु दुर्गाप्रसाद पोखरेल, सर्वज्ञ वाग्ले, एनबी अन्जान, विनोद अधिकारी, वासुदेव सापकोटा, विन्दु त्रिपाठी, डिल्लीराम अम्माई, गंगा भण्डारी, सौरभ कारन्जित, सबी श्रेष्ठ, गोमा राना, प्रतिमा केसी, जीत बुढाथोकी, कुमार केसी, सारादेवी गुरुङ, सुमलकुमार गुरुङ, रुपक श्रेष्ठ, मन्जु भण्डारी तथा राज श्रेष्ठले सिर्जना वाचन गरेका थिए ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी