
लण्डन । गुरुङ सोसाइटी केन्ट युकेले १७ औं वार्षिक ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम आयोजना गरेको छ ।
६ जुलाई शनिबारका दिन समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङको अध्यक्षतामा केन्टको गोडमर्साम एण्ड क्रन्डनडेल भिलेजमा सो भेटघाट भएको हो ।
कार्यक्रममा विशेष अतिथिको रूपमा तमु धीँ युकेका अध्यक्ष हरि गुरुङ, तमु प्ये ल्हु संघ युकेका उपाध्यक्ष अमरसिंह गुरुङ साथै तमु समाज युकेका अध्यक्ष बिन्दु घले, उपाध्यक्ष भीमबहादुर गुरुङ र पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ रहेका थिए ।
विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि समर भेटघाटमा विभिन्न खेलकुद तथा नाचगान समावेश गरिएको थियो । उक्त कार्यक्रम सहज हुने गरी कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसअनुसार टिकट बिक्रीमा कोषाध्यक्ष क्याप्टेन भीष्मराज गुरुङ, उमा गुरुङ र सुनिता गुरुङ, खाना तथा बीबीक्यू ब्यवस्थापनमा शेर गुरुङ, खेलकुद तथा छेलो प्रतियोगितामा होम गुरुङ र राफल ड्रमा लेडिज कोअर्डिनेटर तारादेवी गुरुङ र देवीमाया गुरुङले जिम्मेवारी लिएका थिए भने खाना तथा बीबीक्यू ब्यवस्थापनमा गोर्खा भिल्ला रेस्टुरेन्ट र फोटोग्राफीमा तेजबहादुर गुरुङ थिए ।
समाजका महासचिव तोरण गुरुङले हेल्थ एन्ड सेफ्टी सम्बन्धी जानकारीका साथै पहिलो चरणको औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने प्रथम उपाध्यक्ष गोलमान गुरुङले स्वागत मन्तब्य दिएका थिए ।
केन्टवासी गुरुङहरुले हरेक वर्ष छेलो हान्ने प्रतियोगिता निरन्तर रुपमा आयोजना गर्दै आएका छन । यस वर्षको छेलो हान्ने प्रतियोगितामा केशर गुरुङले भेट्रान समूहमा र युवातर्फ शोलभ गुरुङले उपाधि जिते। दर्जनौं प्रतियोगीलाई उछिन्दै प्रथम उपाधि जित्ने दुवै समूहका विजेताहरूलाई अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङ र छेलो प्रायोजक निवर्तमान अध्यक्ष राजदेवी गुरुङले फेटा र अबिर लगाई पुरस्कारसहित खादा लगाई बधाई दिए । त्यसैगरी महिलातर्फ सहारा गुरुङ र बालबालिकातर्फ इला गुरुङ विजयी भएका थिए । महिला तथा बालबालिकातर्फ विजेताहरूलाई पुरस्कारको प्रायोजन समाजकी दोश्रो उपाध्यक्ष ममता गुरुङले प्रायोजन गरेकी थिइन् ।

औपचारिक कार्यक्रममा नयाँ आजिवन सदस्यहरुलाई खादा लगाई स्वागत गरिएको थियो । उक्त कार्यक्रममा तमु धीँ युकेका अध्यक्ष हरि गुरुङले गुरुङहरूको ऐतिहासिक थलो क्होंलासोथरको अवलोकन भ्रमणको लागि तयार पारिएको जानकारी पर्चा समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङलाई हस्तान्तरण गरे ।
औपचारिक कार्ययक्रमको अन्तमा उपस्थित सबैजनालाई समाजका अध्यक्ष क्याप्टेन डोलबहादुर गुरुङले धन्यवाद दिए ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक सहसंयोजक उमादेवी गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । उक्त साँस्कृतिक कार्यक्रममा समाजका दाजुभाइ, दिदीबहिनी र छोराछोरीहरुले उत्कृष्ट गीत र आकर्षक नृत्यहरु प्रस्तुत गरे । उक्त कार्यक्रम थप रोचक बनाउन नेपालबाट बेलायत सांगीतिक यात्रामा रहनु भएका उदयमान युवा नृत्यकार शिवदास गुरुङले उत्कृष्ट नाचहरु प्रस्तुत गरे भने पहिलो नेपाली ताराका सेकेण्ड रनरअप गायक रुपक डोटेलले मीठा मीठा गीतहरु गाएर सबैलाई भरपूर मनोरञ्जन दिलाए ।

कार्यक्रमको अन्त्यतिर लेडिज कोअर्डिनेटर तारादेवी गुरुङ र उनको टिमले राफल ड्र संचालन गरेको थियो । राफल ‘ड्र’ को प्रथम पुरस्कार सनराइज मोर्गेजेजले प्रायोजन गरेको थियो भने अन्य पुरस्कारहरू ग्लोबल गोरखा बुलियन भल्टलगायत समाजका विभिन्न ब्यक्तित्वहरुले प्रायोजन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा वृद्ध बाबाआमादेखि सबै सहभागीले नाचेर भरपूर मनोरन्जन लिए ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय