
लण्डन । बेलायतको नयाँ प्रधानमन्त्रीमा लेबर पार्टीका नेता सर किअर स्ट्यामर नियुक्त भएका छन् ।
बेलायतका राजा चार्ल्सले ६२ वर्षीय स्ट्यामरलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी बेलायतका ५८ औँ प्रधानमन्त्री हुन् ।
बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा उनको दल लेबर पार्टीले अत्यधिक बहुमत प्राप्त गरेको थियो । यसअघि भएका तीन निर्वाचनमा लेबर पार्टीले पराजय बेहोरेको थियो ।
पेशाले वकिल स्ट्यामर राजनीतिमा लागेको छोटो समयमै प्रधानमन्त्री बन्ने व्यक्तिमा पर्छन् । उनी सन् २०१५ मा पहिलोपटक सांसद बनेका थिए । त्यसअघि उनी महान्यायाधिवक्ताका रूपमा कार्यरत थिए । युनिभर्सिटी अफ लिड्सबाट कानुनमा स्नातक गरेका स्ट्यामरले अक्सफोर्ड विश्वविद्यालयबाट कानुनमै पोष्ट ग्राजुयट गरेका छन् ।
युवावस्थामाबाट नै लेबर पार्टीको युवा संगठनमा काम गर्न थालेका स्ट्यामरको मातापिता नै लेबर पार्टीका समर्थक थिए । उनको नाम पनि लेबर पार्टीका पुराना नेताबाट राखिएको उनका पिताले खुलासा गरेका थिए ।
उनी लेबर पार्टीबाट बेलायतका प्रधानमन्त्री हुने सातौँ व्यक्ति हुन् । उनी सन् २०१९ को निर्वाचनमा लेबर पार्टीले पराजय भोगेपश्चात तत्कालिन नेता जेरेमी कोर्बिनले राजिनामा दिएपछि सन् २०२० मा नयाँ नेताका रूपमा उदाएका हुन् । पार्टीको बागडोर सम्हालेपछि उनले पार्टीलाई लेफ्टबाट सेन्टर लेफ्टतर्फ ल्याएका थिए । उनले पार्टीका पूर्व नेता जेरेमी कोर्बिनलाई नै पार्टीबाट निकालेका थिए ।
सन् २००७ मा भिक्टोरिया अलेक्जाण्डरसित विवाह बन्धनमा बाँधिएका स्ट्यामरका एक छोरा र एक छोरी छन् । फुटबलमा रुचि राख्ने स्ट्यामर आर्सनल फुटबल क्लवका समर्थक हुन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा