
लन्डन । बेलायतमा आज आम निर्वाचन हुँदैछ ।
संवैधानिक प्रावधानअनुसार सन् २०२४ भित्रमा आम निर्वाचन गर्नुपर्ने बाध्यता रहे पनि प्रधानमन्त्री ऋषि सुनकले आकस्मिक रूपमा छ साताअघि आजको दिनलाई निर्वाचनका लागि घोषणा गर्नुभएको थियो ।
इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका ६५० निर्वाचन क्षेत्रमा बिहान ७ बजेबाट मतदान शुरु भएको छ भने राति १० बजेपछि मतदान बन्द हुनेछ ।
निर्वाचन परिणामपछि बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दलले सरकार गठन गर्ने परम्परा छ । यसका लागि ३२६ सीट प्राप्त गर्नु पर्नेछ ।
निर्वाचनअघि गरिएका सबै सर्भेक्षणहरूले प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले निर्वाचनमा बहुमत प्राप्त गर्ने विश्लेषण गरेका छन् । सो दलका नेता सर किअर स्टामरलाई आगामी प्रधानमन्त्रीका रूपमा हेरिएको छ भने विगत १४ वर्षदेखि सत्तामा बहाल रहेको कन्जरभेटिभ पार्टीले ऐतिहासिक रूपमा नै कम्ती स्थान प्राप्त गर्ने पनि आँकलन गरिएको छ ।
यस निर्वाचनमा मुख्यत बेलायतको स्वास्थ्य सेवा (एनएचएस) मा सेवा पाउन प्रतीक्षा गर्नुपर्ने समय, कर, आप्रवासन र अर्थतन्त्र अजेण्डा रहेकाछन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय