
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको अध्यक्षमा मेजर रिटायर्ड योगेश राई निर्वाचित भएका छन् ।
आइतबार तमुधिँ युकेको भवन मिचेटमा भएको पाँचौँ महाधिवेसनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिमला राई, महासचिवमा फाराम दुरा, सचिवमा ईन्द्र दुरा चयन भएका छन् भने सदस्यहरूमा जीत मेन्याङ्बो र विजय लिङथेप चुनिएका छन् । कार्यसमितिको बाँकी पदाधिकारी र सदस्यहरू कार्यसमितिले नियुक्त गर्नेछ ।
नेपाली राजदुताबास बेलायतका उपनियोग प्रमुख श्रीमती रोशन खनालले उदघाटन गर्नुभएको सो महाधिवेसनको उद्घाटन सत्र अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता र महासचिव बिमला सेनेको संचालनमा भएको थियो । वरिष्ठ उपाध्यक्ष श्रीमती लीला सेलिङ माबोले स्वागत मन्तब्य दिएकी थिइन् ।
सो अवसरमा नेफिन युकेको प्रकाशन नेफिनको डेढदशक पनि विमोचन गरिएको थियो । जसमा महासंघमा आवद्ध १४ जातिको चिनारीका साथै नेफिन युकेको गतिविधि समाविष्ट छ ।
उद्घाटन सत्रमा विशेष अतिथि नेफिन नेपालका पूर्व सचिव भक्तबहादुर दुरा, संस्थापक अध्यक्ष थर्कबहादुर राना, पूर्व अध्यक्ष जंग सुनुवार, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेकी अध्यक्ष नेत्रकला लिम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
बन्दसत्रमा महासचिव बिमला सेनेले साँगठानिक प्रतिवेदन र कोषाध्यक्षको अनुपस्थितिमा अध्यक्ष कर्मापहाडी शेर्पाले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
नयाँ कार्यसमिति चयन गर्नका लागि एकेन्द्र गुरुङको संयोजकत्वमा दुत पुन सदस्यसचिव तथा विश्वासदीप तिगेला, सिरी लिम्बू र जंग सुनुवार रहेको निर्वाचन समिति बनाइएको थियो ।
महाधिवेसनले विश्व आदिवासी दिवस मनाउने, आदिवासी पुरुष र महिला वर्षव्यक्ति चयन गर्ने, नेपाली मेलामा उत्कृष्ट जातिय झाँकी प्रदर्शन गर्ने जातिय संस्थालाई जनजाति शिल्ड दिने पनि निर्णय गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा