
लन्डन । घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गरेको छ।
साउथ ह्यारोस्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका आयोजित च्यारिटी डिनरमा नेपाली तथा भारतीय समुदायका व्यवसायी तथा समाजसेवीहरुको उपस्थिति थियो।
‘हाल बेलायतस्थित नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरु बढी रहेका छन्। पीडितलाई कानूनी सहायताका साथै आर्थिक सहयोग पनि गर्न सकियोस् भन्ने उद्देश्यले हामीले च्यारिटी डिनर राखेका हौँ’, द गोर्खा सेन्टरका संस्थापक तथा सीइओ भीम तामांगले भने। उनले घरेलु हिंसा विरुद्ध बेलायतमा निकै कडा कानून रहेकाले त्यस्तो हिंसा सहेर नबस्न र कानूनी उपचार खोज्न पनि सुझाव दिए।
डिनरमा चर्चित शेफ तथा गुडविल एम्ब्यासडर बिनोद बरालले परम्परागत नेवारी तथा नेपाली पाक कलामा आधारित विशेष भोजन तयार गरेका थिए । उनले सहभागी सबैलाई धन्यवाद दिए।
कार्यक्रममा गायिका शर्मिला बर्देवा तथा प्रमोद शर्माले लोकप्रिय नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत गरेका थिए।
गोर्खा भेट्रान्स तथा तिनका परिवारलाई विभिन्न सेवा प्रदान गर्दै आएको द गोर्खा सेन्टरले हालै उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको सहयोगका लागि पनि कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रमबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने तामांगले जनाए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा