
लन्डन । घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गरेको छ।
साउथ ह्यारोस्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका आयोजित च्यारिटी डिनरमा नेपाली तथा भारतीय समुदायका व्यवसायी तथा समाजसेवीहरुको उपस्थिति थियो।
‘हाल बेलायतस्थित नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरु बढी रहेका छन्। पीडितलाई कानूनी सहायताका साथै आर्थिक सहयोग पनि गर्न सकियोस् भन्ने उद्देश्यले हामीले च्यारिटी डिनर राखेका हौँ’, द गोर्खा सेन्टरका संस्थापक तथा सीइओ भीम तामांगले भने। उनले घरेलु हिंसा विरुद्ध बेलायतमा निकै कडा कानून रहेकाले त्यस्तो हिंसा सहेर नबस्न र कानूनी उपचार खोज्न पनि सुझाव दिए।
डिनरमा चर्चित शेफ तथा गुडविल एम्ब्यासडर बिनोद बरालले परम्परागत नेवारी तथा नेपाली पाक कलामा आधारित विशेष भोजन तयार गरेका थिए । उनले सहभागी सबैलाई धन्यवाद दिए।
कार्यक्रममा गायिका शर्मिला बर्देवा तथा प्रमोद शर्माले लोकप्रिय नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत गरेका थिए।
गोर्खा भेट्रान्स तथा तिनका परिवारलाई विभिन्न सेवा प्रदान गर्दै आएको द गोर्खा सेन्टरले हालै उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको सहयोगका लागि पनि कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रमबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने तामांगले जनाए।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय