
लण्डन । बेलायती राजा चार्ल्स तृतीयको जन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने महानुभावहरूलाई प्रदान गरिएको पदवी पूर्व गोरखा सैनिक हरि बुढामगरले पनि पाएका छन् ।
शुक्रबार बेलुका सार्वजनिक गरिएको सो पदक पाउनेहरूको सूचीमा बुढामगरलाई अपाङ्गताका बारेमा जनचेतना फैलाएकोमा मेम्बर अफ अर्डर अफ ब्रिटिश एम्पायर (एमबीई*) पदवी प्रदान गरिने घोषणा गरिएको छ ।
रोल्पा मिरुलमा जन्मेका बुढाले बेलायती सैनिकमा कार्यरत हुँदा कामको सिलसिलामा सन् २०१० मा अफगानिस्तानको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा माथि गुमाएका छन् । सो दुर्घटनाबाट तङ्ग्रिएपछि उनले बेलायत लगायत विभिन्न स्थानहरूमा अपाङ्गता सम्बन्धमा रहेको परम्परागत मानसिकता हटाउन र अपाङ्गहरूलाई पनि केही गर्न सकिन्छ भनेर प्रेरणादायी प्रवचन दिने, साहसिक खेलमा सहभागी हुने, सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय छन् ।
बुढामगरले घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरुमा सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा गिनिस बुक अफ वर्ल्ड रेकर्ड पनि कायम गरेका छन् ।
बुढामगरले गत वर्ष मे १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
अहिले उनी सबै महादेशका अग्ला हिमाल चढ्ने अभियानमा छन् ।
*यसअघि ओबीई भएकोमा सच्याइएको छ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा