
लण्डन । बेलायती राजा चार्ल्स तृतीयको जन्मोत्सवका अवसरमा बेलायतमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने महानुभावहरूलाई प्रदान गरिएको पदवी पूर्व गोरखा सैनिक हरि बुढामगरले पनि पाएका छन् ।
शुक्रबार बेलुका सार्वजनिक गरिएको सो पदक पाउनेहरूको सूचीमा बुढामगरलाई अपाङ्गताका बारेमा जनचेतना फैलाएकोमा मेम्बर अफ अर्डर अफ ब्रिटिश एम्पायर (एमबीई*) पदवी प्रदान गरिने घोषणा गरिएको छ ।
रोल्पा मिरुलमा जन्मेका बुढाले बेलायती सैनिकमा कार्यरत हुँदा कामको सिलसिलामा सन् २०१० मा अफगानिस्तानको हेल्मण्डमा खटिएको बेला दुश्मनको एम्बुसमा परेर दुवै गोडा घुँडाभन्दा माथि गुमाएका छन् । सो दुर्घटनाबाट तङ्ग्रिएपछि उनले बेलायत लगायत विभिन्न स्थानहरूमा अपाङ्गता सम्बन्धमा रहेको परम्परागत मानसिकता हटाउन र अपाङ्गहरूलाई पनि केही गर्न सकिन्छ भनेर प्रेरणादायी प्रवचन दिने, साहसिक खेलमा सहभागी हुने, सामाजिक तथा व्यावसायिक कार्यमा सक्रिय छन् ।
बुढामगरले घुँडाभन्दामाथि गोडा गुमाएका व्यक्तिहरुमा सबैभन्दा पहिले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकोमा गिनिस बुक अफ वर्ल्ड रेकर्ड पनि कायम गरेका छन् ।
बुढामगरले गत वर्ष मे १९ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
अहिले उनी सबै महादेशका अग्ला हिमाल चढ्ने अभियानमा छन् ।
*यसअघि ओबीई भएकोमा सच्याइएको छ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय