
टक्सार (भोजपुर) । बेलायतलाई कार्यक्षेत्र बनाउनु भएका पूर्वगोर्खा सैनिक एवम् साहित्यकार काङमाङ नरेश राईको निबन्धात्मक पुस्तक ‘पानीपतिया’का विषयमा भोजपुरमा परिचर्चा गरिएको छ ।
प्रगतिशील लेखक सङ्घ भोजपुरले आज जिल्ला सदरमुकाममा काङमाङले गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धात्मक पुस्तकका विषयमा परिचर्चा कार्यक्रमको आयोजना गरेको हो । लेखक काङमाङको उपस्थितिमा आयोजित परिचर्चा कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छा पूर्ण राई, पत्रकार राजन समीप र जनसांस्कृतिक महासङ्घ भोजपुरका अध्यक्ष विरोध बस्नेतले पुस्तक र समेटिएका विषयमा चर्चा गर्नुभएको थियो ।
पुस्तकका विषयमा चर्चाकारहरुले काङमाङको पुस्तक अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी भएको बताउँदै पुस्तकले गोर्खा भर्तीको इतिहास मात्र नभई भर्ती भएर जानेहरूले बेहोरेको पीडा र दुःखलाई पनि समेटेकामा जोड दिनुभयो । नेपाली समाजमा आर्थिक दृष्टिले समृद्ध मानिने लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय नै पानीपतियाको मुख्य विषय हो ।
पुस्तकमा १५ शीर्षकहरु समावेश छन् । एक सय ९१ पुष्ठको यो पुस्तकलाई फिनिक्स बुकले बजारमा ल्याएको हो । यस्तै, गोर्खा सैनिकहरुले विकास निर्माणका विषयमा खेलेको भूमिकाहरुका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।
प्रगतिशील लेखक सङ्घ भोजपुरका अध्यक्ष अमृतका ताम्राकारको अध्यक्षतामा आयोजित परिचर्चा कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै पुस्तकका लेखक काङमाङले गोर्खा भर्ती अहिले वैदेशिक रोजगारी जस्तै भएको बताउँदै गोर्खा सैनिकका विषयलाई समेटिएर लेखिएको पुस्तक सबैका लागि उपयोगी हुने बताउनुभयो ।
पुस्तकमा गोर्खा भर्तीको इतिहास मात्र नभएर उनीहरूले अहिले सङ्गठित हुनुपरेको अवस्था र मागका विषय पनि किताबमा आएको छ । परिचर्चाका सहभागी वक्ताहरुले पुस्तकमा पीडाका अनुभव समेटिएको बताउँदै यस्ता इतिहास मुलुक पुस्तकहरु कमै मात्र प्रकाशन हुने गरेको बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने