
लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको सदस्यता तथा सदस्यता स्थानान्तरका लागि आवेदन दिएका करिब ३० जना आवेदकमध्ये तीन जनालाई मात्र सदस्यता कायम गरिएको छ ।
शाखाका शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा विहिबार बेलुका सम्पन्न कार्यसमिति बैठकले नवीकरणतर्फ ३७ , नयाँ आवेदनतर्फ दुई र स्थानान्तरणमा एक गरी जम्मा ४० आवेदन स्वीकृत गर्दै केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको हो ।
नयाँ सदस्यता पाउनेहरुमा गोर्खा मिडियाका प्रकाश गुरुङ र नेपाली समाचारका सम्पादक अमित थेवे छन् भने सदस्यता स्थानान्तरण स्वीकृत हुनेमा देवी गौतम रहेका छन् । गौतम शाखाका पूर्व कोषाध्यक्ष पनि हुन् । उनी केही समय नेपाल गई फेरि बेलायत फर्किएका हुन् ।
प्रत्यक्ष र भर्चुअल दुई माध्यममा सिंगो कार्यसमितिको शतप्रतिशत सहभागिता रहेको बैठकले सदस्यता आवेदनका सम्बन्धमा सर्वसम्मतिले निर्णय गरिएको शाखाले जनाएको छ ।
यसअघि सदस्यता नविकरण, नयाँ सदस्यता र सदस्यता स्थानान्तरणका लागि शाखाले तोकेको समयसीमाभित्र ७० वटा आवेदन प्राप्त भएको शाखाले जनाएको छ । जसमा २२ वटा नयाँ सदस्यताका लागि र ५ वटा स्थानान्तरणका लागि थिए । प्राप्त आवेदनहरुबाट प्रक्रिया र योग्यता पुगेका आवेदनहरु मात्र स्वीकृत गरिएको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।
बैठकले शाखाको छैठौं अधिवेशन जुलाई १४ तारिख आइतबारका दिन अल्डरसटमा गर्ने निर्णय गरेको छ । नयाँ कार्यसमितिको निर्वाचनका लागि बैठकले शाखाका निवर्तमान अध्यक्ष नरेश खपांगीमगरलाई संयोजक तोकेको छ । कार्यसमितिसंगको परामर्शमा निर्वाचन समितिका बाँकी सदस्यहरु चयन गर्ने जिम्मा संयोजक खपांगीमगरलाई नै दिने निर्णय गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा