
लण्डन । यसवर्षको गोर्खा यात्रा (गोर्खा वाक) आसफोर्ड केन्टमा आइतबार २ जुनमा आयोजना गरिएको छ ।
ग्रेट चार्ट प्लेइङ फिल्ड,आसफोर्ड, केन्टमा हुने सो वाकमा ६ किलोमिटर वाक र १३ किलोमिटरको दौड हुनेछ । १३ जना भिक्टोरिया क्रस विजेता गोर्खा वीरहरूको सम्झनामा १३ किलोमिटरको यात्रा तय गरिएको हो ।
गोर्खा पिस फाउण्डेसनले विगत ११ वर्षदेखि हरेक वर्ष निरन्तर रुपमा सो वाकको आयोजना गर्दै आएको छ । वाकमा बेलायतमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी गोर्खा परिवारहरू ठूलो उत्साहका साथ सहभागी हुँदै आएका छन् ।
गोर्खा वाकले नेपाली समुदायलाई मात्र नभई स्थानीय बेलायती समुदायलाई पनि एकतामा बाँध्ने माध्यमको काम गरेको छ । यो कार्यक्रमले समाजमा मित्रता र सहयोगको भावना बढाएको आयोजकको भनाइ छ ।
वाकमा भाग लिनका लागि अझै पनि स्थान बाँकी रहेको र भाग लिन चाहनेले गोर्खा पिस फाउण्डेसनको वेभसाइटमा गई नाम दर्ता गर्न सकिने छ ।
वाकबाट उठेको सहयोग पूर्व गोर्खाहरुलाई सहयोग गर्दै आएको परोपकारी संस्था गोर्खा पिस फाउण्डेसनमा जानेछ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय