
लन्डन । सन् २०२४ को पहिलो पाँच महिनामा १० हजारभन्दा बढी आप्रवासीहरू साना डुङ्गामार्फत समुद्र पार गरेर बेलायत पुगेका बेलायतको सरकारी तथ्याङ्कले देखाएको छ ।
कन्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री ऋषि सुनकले प्रधानमन्त्रीमा चुनिएलगत्तै गरेको पाँच प्रतिवद्धतामा आप्रवासी नियन्त्रण पनि एक थियो । सरकारको कठोर नीतिका वावजूद समुद्री मार्गबाट बेलायत भित्रिने आप्रवासीहरूको संख्या भने गत वर्षभन्दा बढेको छ । बेलायत गृह मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ सम्म समुद्री बाटो भएर अवैधरूपमा बेलायतको विभिन्न भूभागमा प्रवेश गर्ने व्यक्तिको सङ्ख्या १० हजार १७० पुगेको छ । यो सङ्ख्या गत वर्षको यही अवधिमा रेकर्ड गरिएको सङ्ख्याको तुलनामा ३५ प्रतिशतले बढी हो ।
सन् २०२४ को पहिलो पाँच महिनामा समुद्री मार्गबाट बेलायत आउने कागजविहीन आप्रवासीको सङ्ख्या यसअघिको तुलनामा उच्च रहेको थियो ।
सुनकले जुलाई ४ को लागि आम निर्वाचनको आह्वान गर्नुभएको अवस्थामा सार्वजनिक यस तथ्याङ्कले आप्रवासी समस्या यो निर्वाचन अघि नै ठूलो मुद्दाको रूपमा देखिएको छ ।
मुख्य विपक्षी लेबर पार्टीले हजारौं शरणार्थीहरूलाई जबरजस्ती रुवान्डामा निर्वासित गर्ने उहाँको प्रमुख योजना मतदानको दिन अघि सुरु नहुने र यो विवादास्पद योजना खारेज गर्ने प्रतिवद्धता गरेको छ ।
लेबरले आप्रवासीको स्तर धेरै उच्च रहेको बताउँदै सानो डुङ्गामा अवैध बाटोबाट यात्रा गरी लाभ उठाउने तस्कर तथा अन्य गिरोहहरूमाथि कारबाही गर्ने बताएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा