
लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बुधबार साँझ जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गर्नुभएसँगै बेलायत चुनावी माहौलमा होमिएको छ ।
बुधबार साँझ बेलायती प्रधानमन्त्रीको कार्यालयमा उनले सम्बोधन गर्दै आमचुनावका लागि जुलाई ४ को दिन तोकिएको बताएका थिए ।
सुनकले वर्तमान संसद मे ३० मा भंग गर्न राजासमक्ष अनुरोध गरेको र स्वीकृति पनि पाइसकेको बताएका छन् ।
यसवर्षको अन्त्यसम्ममा आमचुनाव गर्नुपर्ने बाध्यात्मक अवस्था सुनकसँग रहे पनि उनले यो वर्षको दोस्रो अर्धवार्षिकमा चुनाव गर्ने बताउँदै आएका थिए । हिजै अफिस फर न्याशनल स्ट्याटिटिक्सले सार्वजनिक गरेको नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति दुई दशमलव तीन प्रतिशतमा झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्री सुनकले नयाँ चुनावको घोषणा गरेका हुन् ।
विश्लेषकहरुले सोही तथ्यांक सुनकका लागि चुनावमा जाने सबैभन्दा सकारात्मक कडी भएको बताएका छन् । सन् २०२३ जनवरीमा सुनकले घोषणा गरेका पाँचवटा प्रतिज्ञामध्ये मुद्रास्फीति घटाउने पनि एक थियो । त्यसका साथै बेलायतको अर्थतन्त्रको वृद्धिदर अतिविकसित राष्ट्रहरु जी सेभेनको हाराहारीमा पुगेको पनि सुनकको दाबी छ ।
बुधबार चुनावको तिथि घोषणा हुने भएपछि बेलायती विदेश मन्त्री लर्ड क्यामरुन र रक्षा मन्त्री ग्रान्ट स्याप्सले विदेश भ्रमण रद्द गरेका थिए ।
बेलायतमा कन्जर्भेटिभ पार्टीले सन् २०१० देखि सरकार चलाउँदै आएको छ । तर पछिल्ला सर्वेक्षणहरुमा आगामी चुनावमा कन्जर्भेटिभभन्दा हाल प्रमुख प्रतिपक्षी लेबर पार्टी अगाडी देखिएको छ ।
चुनाव आउन करिक ६ साता बाँकी रहेकाले राजनीतिक दलहरु तीव्रताका साथ चुनावमा होमिएका छन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय