
लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बुधबार साँझ जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गर्नुभएसँगै बेलायत चुनावी माहौलमा होमिएको छ ।
बुधबार साँझ बेलायती प्रधानमन्त्रीको कार्यालयमा उनले सम्बोधन गर्दै आमचुनावका लागि जुलाई ४ को दिन तोकिएको बताएका थिए ।
सुनकले वर्तमान संसद मे ३० मा भंग गर्न राजासमक्ष अनुरोध गरेको र स्वीकृति पनि पाइसकेको बताएका छन् ।
यसवर्षको अन्त्यसम्ममा आमचुनाव गर्नुपर्ने बाध्यात्मक अवस्था सुनकसँग रहे पनि उनले यो वर्षको दोस्रो अर्धवार्षिकमा चुनाव गर्ने बताउँदै आएका थिए । हिजै अफिस फर न्याशनल स्ट्याटिटिक्सले सार्वजनिक गरेको नयाँ तथ्याङ्कले देशमा मुद्रास्फीति दुई दशमलव तीन प्रतिशतमा झरेको देखाएको केही घण्टापछि प्रधानमन्त्री सुनकले नयाँ चुनावको घोषणा गरेका हुन् ।
विश्लेषकहरुले सोही तथ्यांक सुनकका लागि चुनावमा जाने सबैभन्दा सकारात्मक कडी भएको बताएका छन् । सन् २०२३ जनवरीमा सुनकले घोषणा गरेका पाँचवटा प्रतिज्ञामध्ये मुद्रास्फीति घटाउने पनि एक थियो । त्यसका साथै बेलायतको अर्थतन्त्रको वृद्धिदर अतिविकसित राष्ट्रहरु जी सेभेनको हाराहारीमा पुगेको पनि सुनकको दाबी छ ।
बुधबार चुनावको तिथि घोषणा हुने भएपछि बेलायती विदेश मन्त्री लर्ड क्यामरुन र रक्षा मन्त्री ग्रान्ट स्याप्सले विदेश भ्रमण रद्द गरेका थिए ।
बेलायतमा कन्जर्भेटिभ पार्टीले सन् २०१० देखि सरकार चलाउँदै आएको छ । तर पछिल्ला सर्वेक्षणहरुमा आगामी चुनावमा कन्जर्भेटिभभन्दा हाल प्रमुख प्रतिपक्षी लेबर पार्टी अगाडी देखिएको छ ।
चुनाव आउन करिक ६ साता बाँकी रहेकाले राजनीतिक दलहरु तीव्रताका साथ चुनावमा होमिएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा