
लण्डन । पछिल्ला केही वर्षयता मुद्रास्फिति बढेकाले अचाक्ली महंगीको चपेटामा परेको बेलायतमा मुद्रास्फिति अब घट्दै गएको छ ।
बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) ले बुधबार बिहान सार्वजनिक गरेको आँकडाअनुसार अप्रिल महिनामा बेलायतको मुद्रास्फिति २.३ प्रतिशतमा झरेको छ । मार्च महिनामा मुद्रास्फिति ३.२ प्रतिशत रहेको थियो ।
यद्यपि अर्थशास्त्रीहरुले भने अपेक्षा गरिएअनुसार मुद्रास्फिति नघटेको बताएका छन् । उनीहरुले अप्रिलमा मुद्रास्फिति २.१ प्रतिशतमा झर्ने अनुमान गरेका थिए ।
प्रधानमन्त्री ऋषि सुनकले मुद्रास्फिति सामान्य अवस्थामा आएको बताएका छन् । उनले प्रधानमन्त्री हुँदा वाचा गरेका पाँच प्रतिवद्धतामा मुद्रास्फिति २ प्रतिशतमा झार्ने पनि एक थियो ।
मुद्रास्फिति घट्नुमा हाउजिङ, घरायसी सेवा, उर्जा, विद्युत लगायतको भूमिका रहेको छ । सरकारले उर्जाको नयाँ मूल्य कायम गरेका कारण उर्जाको मूल्य विगतभन्दा घटेको छ ।
मुद्रास्फितिको नयाँ दरसँगै अब बेलायतको मुद्रास्फिति अमेरिका, जर्मनी, फ्रान्स, क्यानाडाको भन्दा न्यून दरमा झरेको छ ।
मुद्रास्फिति घटेपछि अब बेलायतमा बैँक अफ इङ्ल्याण्डले कायम गरेको आधारभूत ब्याज दर पनि घट्ने अपेक्षा गरिएको छ । बैँकको मौद्रिक नीति समितिको बैठक जुन २० मा बस्दैछ र सो बैठकले ब्याजदर घटाउने आँकलन एकातिर गरिएको छ भने अर्कोतर्फ ब्याजदर तत्काल नघट्ने हो कि भन्ने पनि विश्लेषण गरिँदैछ । खासगरी सर्भिस इन्फ्लेसन र कोर इन्फ्लेसन दुवै अपेक्षा गरेअनुसार नघटेकाले ब्याजदर तत्काल नघट्ने पो हो कि भन्ने शंसय पनि छ ।
अप्रिल महिनामा सर्भिस इन्फ्लेसन ५.५ प्रतिशत हुने आँकलन गरिएकोमा ५.९ प्रतिशत रह्यो भने कोर इन्फ्लेसन ३.६ प्रतिशतमा आउने अपेक्षा गरिएकोमा ३.९ प्रतिशत रहेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय