
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले खैबा कर्म सुनाम लामालाई बिदाई गरेको छ ।
गत जनवरीबाट गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्दै आएका खैबालाई गत सोमबार बिदाई गरेको हो । काठमाण्डौंस्थित सेचेन गुम्बाको थान्का चित्र कलाकार समेत रहेका खैबा लामालाई बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ तथा आमा प्रमुख जगना गुरुङलगायत कार्यसमिति, भक्तजन र आमाहरुले खादा लगाई बिदाई गरे ।
यसअघि गत १३ अप्रिलका दिन सिंगो कार्यसमिति, आमाहरु, शुभचिन्तक एवं भक्तजनहरुको बिशेष उपस्थितिमा औपचारिक रुपमा बिदाई गरिएको थियो । सो औपचारिक बिदाईमा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै, सो अवसर खैबा कर्मले बेलायत बसाईको क्रममा आफूले पाएको साथ, सहयोग र मायाको लागि धन्यवाद दिदै गर्दै बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङलाई आफूले कोरेको चित्र उपहारस्वरुप प्रदान गरेका थिए ।
अत्यन्त सरल स्वभावका खैबा लामालाई सोमबार बिहान बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख जगना गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ तथा मिन गुरुङ, जयन्ती गुरुङलगायत गुम्बा परिवारले बिदाई गरेका थिए । त्यस्तै, बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, आमा सहसचिव पवित्र गुरुङ र शुभचिन्तक जयन्ती गुरुङ हिथ्रो एयरपोर्टसम्म बिदाईका लागि पुगेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा