लन्डन । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले आइतबार जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’ बिना इजराइलले गाजाको रफाह सहरमा आक्रमण गर्न नहुने बताउनुभएको छ ।
”रफाहमा ठूलो आक्रमण हुनका लागि तपाईंले कसरी मानिसको जीवन बचाउनुहुन्छ, कसरी मानिसलाई सो स्थानबाट हटाउनुहुन्छ, उनीहरूलाई खुवाइएको कसरी सुनिश्चित गर्नुहुन्छ, उनीहरूसँग औषधि र आश्रय वा सबैथोक छ भनेर कसरी सुनिश्चित गर्नुहुन्छ भन्नेबारेमा स्पष्ट योजना हुन जरुरी छ”, स्काई न्युज टेलिभिजनलाई मन्त्री क्यामरुनले भन्नुभयो, ”हामीले यस्तो कुनै योजना देखेका छैनौँ, त्यसैले हामी यस्तो प्रकारको कुनै पनि आक्रमणको समर्थन गर्दैनौँ ।”
पूर्वी रफाहलाई खाली गर्ने आदेश विस्तार गरेपछि इजराइलले आइतबार गाजामा हमासमाथि थप आक्रमण गरेको छ । सेनाले मानिसहरूलाई सहर छाड्न आग्रह गरेपछि तीन लाख प्यालेस्टिनी यस क्षेत्रबाट भागेको बताइएको छ ।
सहरको पूर्वी क्षेत्रमा प्रवेश गर्नका लागि इजराइली सेनाले व्यापक अन्तर्राष्ट्रिय विरोधलाई अस्वीकार गरेको छ । उसले एउटा प्रमुख सहायता क्रसिङलाई प्रभावकारीरूपमा बन्द गरेको छ र दोस्रो क्रसिङमार्फत हुने यातायातलाई निलम्बन गरेको छ ।
विदेशमन्त्री क्यामरुनले गाजामा मानवीय सहायतालाई अनुमति दिन इजराइलले ‘राम्रो गर्न’ आवश्यक भएको बताउनुभयो । ”मैले धेरैपटक भनेको छु, इजराइलले मानवीय सहायतालाई लिएर जुन कारवाही गरेको छ त्यसमा म सन्तुष्ट छैन ।”, उहाँले सुधारको ‘केही सङ्केत’ भए पनि त्यो त्यति छिटो नभएको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा