लन्डन । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले आइतबार जनताको सुरक्षाका लागि ‘स्पष्ट योजना’ बिना इजराइलले गाजाको रफाह सहरमा आक्रमण गर्न नहुने बताउनुभएको छ ।
”रफाहमा ठूलो आक्रमण हुनका लागि तपाईंले कसरी मानिसको जीवन बचाउनुहुन्छ, कसरी मानिसलाई सो स्थानबाट हटाउनुहुन्छ, उनीहरूलाई खुवाइएको कसरी सुनिश्चित गर्नुहुन्छ, उनीहरूसँग औषधि र आश्रय वा सबैथोक छ भनेर कसरी सुनिश्चित गर्नुहुन्छ भन्नेबारेमा स्पष्ट योजना हुन जरुरी छ”, स्काई न्युज टेलिभिजनलाई मन्त्री क्यामरुनले भन्नुभयो, ”हामीले यस्तो कुनै योजना देखेका छैनौँ, त्यसैले हामी यस्तो प्रकारको कुनै पनि आक्रमणको समर्थन गर्दैनौँ ।”
पूर्वी रफाहलाई खाली गर्ने आदेश विस्तार गरेपछि इजराइलले आइतबार गाजामा हमासमाथि थप आक्रमण गरेको छ । सेनाले मानिसहरूलाई सहर छाड्न आग्रह गरेपछि तीन लाख प्यालेस्टिनी यस क्षेत्रबाट भागेको बताइएको छ ।
सहरको पूर्वी क्षेत्रमा प्रवेश गर्नका लागि इजराइली सेनाले व्यापक अन्तर्राष्ट्रिय विरोधलाई अस्वीकार गरेको छ । उसले एउटा प्रमुख सहायता क्रसिङलाई प्रभावकारीरूपमा बन्द गरेको छ र दोस्रो क्रसिङमार्फत हुने यातायातलाई निलम्बन गरेको छ ।
विदेशमन्त्री क्यामरुनले गाजामा मानवीय सहायतालाई अनुमति दिन इजराइलले ‘राम्रो गर्न’ आवश्यक भएको बताउनुभयो । ”मैले धेरैपटक भनेको छु, इजराइलले मानवीय सहायतालाई लिएर जुन कारवाही गरेको छ त्यसमा म सन्तुष्ट छैन ।”, उहाँले सुधारको ‘केही सङ्केत’ भए पनि त्यो त्यति छिटो नभएको बताउनुभयो ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय