जन्मिँदै श्रवण शक्ति नभएकी बालिकाले कान सुन्न थालिन्

लण्डन । बेलायतमा जन्मजात श्रवण शक्ति गुमाएकी एक बालिका उपचारपछि कान सुन्न सक्ने भएकी छिन् ।
ओपल स्याण्डी नामक १८ महिनाकी ती बालिकाले जिन थेरापीबाट गरिएको उपचारपछि कान सुन्न शुरु गरेको बताइएको छ । उनको मस्तिष्कबाट कानको भित्री भागमा जाने स्नायुप्रणालीमा समस्या रहेको पहिचान गरिएको थियो । उनलाई दाहिने कानमा गत सेप्टेम्बरमा शल्यक्रिया गरी खराब जिनको ठाउँमा नयाँ जिन पठाइएको थियो ।
शल्यक्रियाको तीन सातापछि ती बालिकाले सुन्न ताली बजाएको सुन्न थालेको उनको आमाले थाहा पाएकी थिइन् । अहिले २४ सातापछि उनले कानेखुशी गरेको सुन्नसक्ने भएकी छिन् ।
उनको शल्यक्रियाको नेतृत्व गरेका डा मनोहर बान्स ओपलको सफलता अपेक्षा गरिएभन्दा पनि धेरै भएको बताउँछन् ।
उनको उपचारमा प्रयोग गरिएको पद्दति अहिले सबैका लागि उपलब्ध भइसकेको छैन । तर उनको सफलताबाट अरु बालबालिकाले पनि लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री