
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले भूतपूर्व गोर्खा र उनीहरुका परिवारको चासोलाई विशेष ध्यान दिँदै विभिन्न गोर्खा संगठन आवद्ध जी टेन समूहका प्रतिनिधि र सर्वसाधारणबीच एक अन्तरक्रिया गर्ने भएको छ ।
भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार (जीटुजी) बीच भइरहेका वार्ता प्रगति उन्मुख नभइरहेको अवस्थामा यस अन्तरक्रिया हुन लागेको हो ।
आउँदो २७ मे सोमबार बैंक होलिडेका दिन एम्पायर हल, अल्डरसटमा बिहान ११: ३० बजेदेखि कार्यक्रम हुनेछ ।
‘अब वार्ता के हुन्छ ? यसले निकास दिन्छ वा दिंदैन ? नेपाल सरकारले बेलायतसंग कस्तो पहल गरिरहेको छ ? कूटनीतिक संवादमा कहां चुकेका छौं हामी ? वार्ता सफल नभए के छ गोर्खा संगठनहरुसंग भावी योजना ? आदिबारे गहन छलफल र सुझाव आदानप्रदानका लागि हामीले कार्यक्रम राखेका हौं’, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने ।
उनले बेलायत सरकारसँग अबको वार्ता र जी टेन समूहको भावी योजनाबारे नयां अपडेट सुन्न गोर्खाहरु उत्सुकताका साथ पर्खिरहेको अवस्थामा यस अन्तरक्रियाले ति कुरा उजागर गर्ने र गोर्खा मुद्दामा बेलायत र नेपाल सरकारहरूलाई विभिन्न सुझाव प्रस्तुत गर्ने अपेक्षा गरिएको बताए ।
एनआरएनए यूकेले सम्पूर्ण गोर्खा संगठनका सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।
आमन्त्रित वक्ताहरुमा जी १० प्रवक्ता मेजर रि. जुद बहादुर गुरुङ, ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी अध्यक्ष रि. मेजर टिकेन्द्र दल देवान जेपी, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्ण बहादुर राई, गोर्खा अफर टु ट्रान्सफर (गट) अध्यक्ष उदय बहादुर गुरुङ एमबीइ, गेसो सभापति कृष्ण कुमार राई, गेसो उपसभापति धर्म तामाङ, नेसा यूके अध्यक्ष केश बहादुर गुरुङ, अनसनकर्ताहरु पुष्प राना घले, धन बहादुर गुरुङ र ज्ञानराज राई रहनेछन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय