
लण्डन । फेब्रुअरी महिनामा क्यान्सरको उपचार शुरु गरेपछि बेलायती राजा चार्ल्स पहिलोपटक सार्वजनिक समारोहमा देखिएका छन् ।
उनी रानी कमिलासहित मंगलबार लण्डनको युनिभर्सिटी कलेज अस्पतालमा रहेको म्याकमिलन क्यान्सर सेन्टरको अवलोकन गर्न पुगेका थिए ।
उनलाई क्यान्सर अनुसन्धान केन्द्र युकेको संरक्षक पनि घोषणा गरिएको छ । यसअघि दिवंगत रानी सो पदमा थिइन् ।
चिकित्सकले सार्वजनिक कार्यक्रममा नजान सल्लाह दिएपछि उनी आराम गरिरहेका थिए । त्यसपछि पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।
उनको उपचार जारी रहेको बताइएको छ ।
बेलायतको राजपरिवारमा राजा चार्ल्स र उनकी बुहारी युवराज्ञी केट दुवै अहिले क्यान्सरसित जुधिरहेका छन् । दुवैले क्यान्सरका बारेमा जनचेतना जगाउन प्रयास गरिरहेका छन् ।
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा