क्यान्सरपछि पहिलोपटक बेलायती राजा सार्वजनिक कार्यक्रममा

Photo Reuters

लण्डन । फेब्रुअरी महिनामा क्यान्सरको उपचार शुरु गरेपछि बेलायती राजा चार्ल्स पहिलोपटक सार्वजनिक समारोहमा देखिएका छन् ।
उनी रानी कमिलासहित मंगलबार लण्डनको युनिभर्सिटी कलेज अस्पतालमा रहेको म्याकमिलन क्यान्सर सेन्टरको अवलोकन गर्न पुगेका थिए ।
उनलाई क्यान्सर अनुसन्धान केन्द्र युकेको संरक्षक पनि घोषणा गरिएको छ । यसअघि दिवंगत रानी सो पदमा थिइन् ।
चिकित्सकले सार्वजनिक कार्यक्रममा नजान सल्लाह दिएपछि उनी आराम गरिरहेका थिए । त्यसपछि पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।
उनको उपचार जारी रहेको बताइएको छ ।
बेलायतको राजपरिवारमा राजा चार्ल्स र उनकी बुहारी युवराज्ञी केट दुवै अहिले क्यान्सरसित जुधिरहेका छन् । दुवैले क्यान्सरका बारेमा जनचेतना जगाउन प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री