मंगल बुद्ध बिहार लण्डनमा नयाँ कार्यसमिति

लन्डन । लण्डनस्थित मंगल बुद्ध बिहार युकेको आईतबार सम्पन्न दोश्रो अधिवेशनले ईन्द्र बहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
फार्नब्रो ह्याम्पसायरस्थित मगर संघ युकेको भवनमा सम्पन्न भएको सो अधिवेसनको बिहारका अधिपति भिक्षु ईन्द्रशकले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा आदिवासी जनजाति महासंघका युकेका पूर्वअध्यक्ष थर्क राना लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । उक्त अधिवेशनमा बिहारको हालसम्मका कामहरुको कार्य प्रतिवेदन सचिव रिम गलामीले, बिहारको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरला रानाले, बिहारमा भएका सरसामान तथा चलअचल सम्पत्तिको प्रतिवेदन टेक बहादुर खपाङ्गीले प्रस्तुत गर्नु भएको थियो भने बिहारले सन्चालन गर्दै आएको बौद्ध परियत्ती शिक्षाका बारेमा प्रगति प्रतिवेदन उपाध्यक्ष टीका दर्लामीले र बिहारको शंसोधित विधानमा छलफलका लागि अध्यक्ष ईन्द्र पुनले प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन सचिव रिम गलामीले गर्नु भएको थियो ।
अधिवेशनमा अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित बौद्ध परियत्ती शिक्षाअन्तर्गत कक्षा १ देखी ५ सम्मका परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र पाठ्यपुस्तक वितरण गरिएको थियो ।
अधिवेसनमा नयाँ कार्यसमिति चयनका लागि हिमाली राना, कृष्ण दर्लामी र पूर्ण राना रहेको तीन सदस्य निर्वाचन समितिले १९ सदस्य बिहारको नयाँ कार्य समिती निर्वाचित गरेको थियो । सर्वसम्मतरुपमा निर्वाचित कार्य समितिको अध्यक्षमा पुनः ईन्द्रबहादुर पुन मगर, उपाध्यक्षमा टीका दर्लामी, सचिवमा जगत बहादुर आले मगर, सहसचिवमा घनबहादुर पुन, कोषाध्यक्षमा टेक बहादुर खपाङ्गी निर्वाचित हुनु भएको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा गजवीर थापा मगर, रिम गलामी, टेक बहादुर थापा खस, बुद्धि गाहा, लोक बहादुर थापा, पूर्ण कुमार थापा, मुनादेवी खपाङ्गी, बिक्की राना, लुना राना र समीक्षा राना सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ ।
ग्रीनफोर्ड लन्डनस्थित भाडामा सन्चानल हुँदै आएको मंगल बुद्ध बिहारको आफ्नै निजी भवन सन् २०२५ सम्ममा खरिद गर्ने प्रस्ताव उक्त अधिवेशनले पारित समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री