
लन्डन । लण्डनस्थित मंगल बुद्ध बिहार युकेको आईतबार सम्पन्न दोश्रो अधिवेशनले ईन्द्र बहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
फार्नब्रो ह्याम्पसायरस्थित मगर संघ युकेको भवनमा सम्पन्न भएको सो अधिवेसनको बिहारका अधिपति भिक्षु ईन्द्रशकले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनमा आदिवासी जनजाति महासंघका युकेका पूर्वअध्यक्ष थर्क राना लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । उक्त अधिवेशनमा बिहारको हालसम्मका कामहरुको कार्य प्रतिवेदन सचिव रिम गलामीले, बिहारको आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरला रानाले, बिहारमा भएका सरसामान तथा चलअचल सम्पत्तिको प्रतिवेदन टेक बहादुर खपाङ्गीले प्रस्तुत गर्नु भएको थियो भने बिहारले सन्चालन गर्दै आएको बौद्ध परियत्ती शिक्षाका बारेमा प्रगति प्रतिवेदन उपाध्यक्ष टीका दर्लामीले र बिहारको शंसोधित विधानमा छलफलका लागि अध्यक्ष ईन्द्र पुनले प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन सचिव रिम गलामीले गर्नु भएको थियो ।
अधिवेशनमा अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित बौद्ध परियत्ती शिक्षाअन्तर्गत कक्षा १ देखी ५ सम्मका परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र पाठ्यपुस्तक वितरण गरिएको थियो ।
अधिवेसनमा नयाँ कार्यसमिति चयनका लागि हिमाली राना, कृष्ण दर्लामी र पूर्ण राना रहेको तीन सदस्य निर्वाचन समितिले १९ सदस्य बिहारको नयाँ कार्य समिती निर्वाचित गरेको थियो । सर्वसम्मतरुपमा निर्वाचित कार्य समितिको अध्यक्षमा पुनः ईन्द्रबहादुर पुन मगर, उपाध्यक्षमा टीका दर्लामी, सचिवमा जगत बहादुर आले मगर, सहसचिवमा घनबहादुर पुन, कोषाध्यक्षमा टेक बहादुर खपाङ्गी निर्वाचित हुनु भएको छ । त्यसैगरी कार्यसमितिको सदस्यहरुमा गजवीर थापा मगर, रिम गलामी, टेक बहादुर थापा खस, बुद्धि गाहा, लोक बहादुर थापा, पूर्ण कुमार थापा, मुनादेवी खपाङ्गी, बिक्की राना, लुना राना र समीक्षा राना सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ ।
ग्रीनफोर्ड लन्डनस्थित भाडामा सन्चानल हुँदै आएको मंगल बुद्ध बिहारको आफ्नै निजी भवन सन् २०२५ सम्ममा खरिद गर्ने प्रस्ताव उक्त अधिवेशनले पारित समेत गरेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय