बिजीएनसी कम्युनिटी डार्टफोर्टले मनायो नेपाली नयाँ वर्ष

लण्डन । ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेले सन् १३ अप्रिल २०२४ शनिबारको दिन केन्टको डार्टफोर्डस्थित ग्लेनवर्थ एक्ससर्भिस सोसल क्लवको सभाहलमा नेपाली नयाँ वर्ष विसं २०८१ सालको सुखद उपलक्ष्यमा एकआपसमा शुभकामना आदानप्रदान गरी मनाएको छ।

समाजका अध्यक्ष हेमा गुरुङ रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा समाजको मानार्थ सदस्य बेरी आडम्स हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा समाजका प्रमुख सल्लाहकार गणेश राना, समाजको संस्थापक अध्यक्ष कुल घले, समाजको भूपू अध्यक्ष तथा सल्लाहकार मोहन गुरुङ, सल्लाहकार नैनसिं गुरुङ, सल्लाहकार रामबहादुर गुरुङ, सल्लाहकार दलबहादुर गुरुङ हुनुहुन्थ्यो।

समाजको महासचिव दिब्या गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा सेफ्टी व्रिफिङ मन्तब्य सचिव लोकजित राष्कोटीले दिनुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष कृष्ण थापाले दिनुभएको थियो।

प्रवेशद्वारमा कोषाध्यक्ष हिम कला थापाको आर्थिक विभाग टिमले कार्यक्रममा पाल्नु हुने महानुभावजनहरुलाई हार्दिक स्वागतको साथ नामावली लिखित रुपमा दर्ता गर्नु भएको थियो।

कम्युनिटीको अध्यक्ष हेमा गुरुङ राना र प्रमुख अतिथि बेरी आडमले संयुक्त रुपमा पानसमा बत्ती बाली विभिन्न सजिसजाऊले सजिएको हलभित्र रङ्गीचङ्गीका पटकाको आतिसबाजीले अत्यन्तै हर्सोल्लास साथ नेपाली नववर्ष २०८१ साल आगमनको उद्घाटन गरिएको थियो।

सो कार्यक्रममा उपस्थित प्रमुख अतिथि विशेष अतिथि पाहुनाहरुलाई कम्युनिटीको चेलीवेटीहरु प्रीती थापा, लुईसा रास्कोटीले खादा ब्याज लगाई दिई स्वागत गरिएको थियो भने ऐेश्वर्या राना, आसिका आङदेम्वे, अन्सिका आङदेम्वे, शीतल घले, जेशिका घलेले राफल ड्रको निम्ति टिकट वितरण गरेका थिए ।

कार्यक्रममा बालकलाकार सानो बाबु प्रन्सु रानासहित प्रन्सु रानाको बाबाआमा सुजिता राना, प्रविन रानाले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए।

कलाकार दिक्षा गुरुङले आफ्नो सुमधुर स्वरमा चर्चित अंग्रेजी गीत गाएर सबै महानुभावहरुलाई मनमुग्ध पारेका थिए।

कम्युनिटीको खाद्य ब्यवस्थापन प्रमुख योगेन आङदेम्वेले कार्यक्रममा विभिन्न भेराईटीका मीठो भोजनको ब्यबस्थापन गर्नु भएको थियो।

सो कार्यक्रममा कम्युनिटीमा नयाँ सदस्य ग्रहण गर्नु हुने नयाँ सदस्य महानुभावहरु र युकेको विभिन्न ठाउँबाट डार्टफोर्डमा आई स्थाई रुपमा बसोबास गर्नुहुने महानुभावहरुलगायत हालसालै मात्र नेपालबाट युके आई पुग्नु भएका बहिनीहरु ईशा गुरुङ, लक्ष्मी गुरुङ, पुष्पा गुरुङहरुलाई कम्युनिटीको तर्फबाट अध्यक्ष हेमा गुरुङ रानाले खादा लगाई सम्मान गर्नुभएको थियो।

ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेको पाँचौं अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गर्नको निमित्त समाजको तर्फबाट वर्तमान प्रमुख सल्लाकार गणेश रानाको संयोजकत्वमा ७ जनाको निर्वाचन समिति घोषणा गरिएको छ।

निर्वाचन समितिको आयुक्त सदस्य महानुभावहरुमा संस्थापक अध्यक्ष कुल घले, भूपू अध्यक्ष तथा सल्लाहकार मोहन गुरुङ, सल्लाहकार नैनसिं गुरुङ, सल्लाहकार नरेश खपाङ्गीमगर, सल्लाहकार राम गुरुङ, भूपू महासचिव तथा सल्लाहकार एक गुरुङ रहनु भएको छ।

अध्यक्ष हेमा गुरुङ रानाले समाजको सम्पूर्ण सदस्य महानुभावहरुको सपरिवारजनमा नववर्ष विसं २०८१ सालको सुखद उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिनुभई औपचारिक कार्यक्रमको अन्त्यपश्चात मनोरञ्जनात्मक संयुक्त कक्टेल डान्स रातिको ११ बजेसम्म भएको थियो ।

समाजको  अध्यक्ष हेमा गुरुङ रानाद्वारा कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भब्यरुपमा सफल बनाउनमा प्रत्यक्ष रुपमा सहभागी भई अहम् भूमिका निर्वाह गर्नुहुने कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु कार्यसमितिका सदस्यहरु कार्यसमितिका सल्लाहकारसहित कम्युनिटीको सबै मेम्बरहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभई नेपाली नयाँ वर्ष विसं २०८१ साल कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो।

जीआर मास्की

प्रतिक्रिया

सम्बन्धित सामाग्री