
लन्डन । चर्चित नेपाली श्रव्यदृश्य शृंखला ‘हेर्ने कथा’को टीम यही अप्रिल महिनाको अन्त्यमा बेलायत आउन लागेको छ।
आफ्नो तीन साता लामो बेलायत भ्रमणको क्रममा ‘हेर्ने कथा’ टिम ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलले एडिनबरामा आयोजना गर्न लागेको ‘नेपाल अध्ययन दिवस’मा सहभागी हुनेछ। त्यस्तै, लन्डन, अल्डरशट, म्यानचेस्टरलगायतका शहरहरुको भ्रमण गरी भूतपूर्व गोर्खालगायत बेलायतमा बसोबास गरिरहेका प्रवासी नेपालीहरुको कथा संकलन गर्नेछ।
”बेलायतको नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्न हामी निकै उत्सुक छौं। तपाईंहरुका कथा व्यथा र उपलब्धिहरु आमदर्शकहरु माझ पुर्याउने अवसरको रुपमा पनि हामीले यो यात्रालाई लिएका छौँ”, ‘हेर्ने कथा’ की प्रस्तोता विद्या चापागाईंले भनिन्। बीबीसीको साझासवाल प्रस्तुत गरेर चर्चामा आएकी विद्याले बीबीसी छाडेपछि आफ्ना साथी कमल कुमारसंग मिलेर ‘हेर्ने कथा’ शुरु गरेकी थिइन्।
बेलायत भ्रमणका क्रममा टिम ‘हेर्ने कथा’ ले ४ मेमा सोआस ‘ब्रुनाइ ग्यालरी’ तथा ५ मेमा एम्पायर हल, अल्डरशटमा आफ्ना दर्शक तथा शुभेच्छुहरुसँग अन्तरक्रिया गर्नेछ । त्यस्तै, ‘हेर्ने कथा’ टिम मे १३ मा एडिनबरा तथा मे १६ मा म्यानचेस्टरमा हुनेछ।
गएको ६ वर्षमा युट्युबमार्फत १०० ओटा भन्दा बढी ‘हेर्ने कथा’ का कथाहरु प्रसारण भैसकेका छन्। सामान्यतया मिडियाको दृष्टि नपुग्ने दुर्गम भेगमा रहेका सर्वसाधारण नेपालीका असाधारण संघर्षका कथाहरु सुनाएर चर्चामा आएको ‘हेर्ने कथा’ शृंखलालाई युट्युबमा दश लाख भन्दाबढी दर्शकहरुले पछ्याउँछन् ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय