
लन्डन । चर्चित नेपाली श्रव्यदृश्य शृंखला ‘हेर्ने कथा’को टीम यही अप्रिल महिनाको अन्त्यमा बेलायत आउन लागेको छ।
आफ्नो तीन साता लामो बेलायत भ्रमणको क्रममा ‘हेर्ने कथा’ टिम ब्रिटेन-नेपाल एकेडेमिक काउन्सिलले एडिनबरामा आयोजना गर्न लागेको ‘नेपाल अध्ययन दिवस’मा सहभागी हुनेछ। त्यस्तै, लन्डन, अल्डरशट, म्यानचेस्टरलगायतका शहरहरुको भ्रमण गरी भूतपूर्व गोर्खालगायत बेलायतमा बसोबास गरिरहेका प्रवासी नेपालीहरुको कथा संकलन गर्नेछ।
”बेलायतको नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्न हामी निकै उत्सुक छौं। तपाईंहरुका कथा व्यथा र उपलब्धिहरु आमदर्शकहरु माझ पुर्याउने अवसरको रुपमा पनि हामीले यो यात्रालाई लिएका छौँ”, ‘हेर्ने कथा’ की प्रस्तोता विद्या चापागाईंले भनिन्। बीबीसीको साझासवाल प्रस्तुत गरेर चर्चामा आएकी विद्याले बीबीसी छाडेपछि आफ्ना साथी कमल कुमारसंग मिलेर ‘हेर्ने कथा’ शुरु गरेकी थिइन्।
बेलायत भ्रमणका क्रममा टिम ‘हेर्ने कथा’ ले ४ मेमा सोआस ‘ब्रुनाइ ग्यालरी’ तथा ५ मेमा एम्पायर हल, अल्डरशटमा आफ्ना दर्शक तथा शुभेच्छुहरुसँग अन्तरक्रिया गर्नेछ । त्यस्तै, ‘हेर्ने कथा’ टिम मे १३ मा एडिनबरा तथा मे १६ मा म्यानचेस्टरमा हुनेछ।
गएको ६ वर्षमा युट्युबमार्फत १०० ओटा भन्दा बढी ‘हेर्ने कथा’ का कथाहरु प्रसारण भैसकेका छन्। सामान्यतया मिडियाको दृष्टि नपुग्ने दुर्गम भेगमा रहेका सर्वसाधारण नेपालीका असाधारण संघर्षका कथाहरु सुनाएर चर्चामा आएको ‘हेर्ने कथा’ शृंखलालाई युट्युबमा दश लाख भन्दाबढी दर्शकहरुले पछ्याउँछन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा