
लण्डन । बेलायतको याल्डिङ्मा किरात याक्थुङ् चुम्लुङ् यूकेको आयोजनामा १५ औ यलम्बरहाङ् कप सम्पन्न भएको छ ।
सो प्रतियोगितामा मेन टिममा १६, भेट्रान टिममा ८ र सुपर भेट्रानमा ४ टिमले भाग लिएका थिए । मेनतर्फ टिडवर्थ वरियर्स र क्यूजी सिग्नल्स फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट क्यूजी सिग्नल्स विजेता र टिडवोर्थ वरियर्स उपबिजेता भए ।
मेन अफ बेस्ट खेलाडी मौसम राई क्यू जी सिग्नल्स र बेस्ट गोल स्कोर गर्नेमा चेत गुरुङ् एफसी तोङ्बा भए । विजयी टिमले १ हज़ार पाउण्ड र उपविजयी टिमले ५ सय पाउण्ड नगद राशी प्राप्त गरे ।
भेट्रान टिमबाट क्यूजी मास्टर र ईन्टेक ०४ फाईनलमा भिडन्त गरेका थिए र सो भिडन्तबाट क्युजी सिग्नल्स विजयी भयो भने टिडवोर्थ वरियर्स उपविजेता भयो । बेस्ट खेलाडी बिकास देवान क्यूजी मास्टर र बेस्ट गोल गर्नेमा सोम थापा ईन्टेक ०४ भए । विजयी टिमले ६ सय पाउण्ड र उपविजयी टीमले ३०० पाउण्ड नगद प्राप्त गरे ।
सुपर भेट्रान टिमबाट धरान एफसी र ईलाम एफ्सी फाईनलमा भिडन्त गरेका थिए र सो खेलमा ईलाम एफसी ईलाम विजेता र धरान एफसी उपविजेता भए । बेस्ट खेलाडी लोक लिम्बु ईलाम एफसी र बेस्ट गोलर लेख राई ईलाम एफसी भए । विजयी टिमले ६०० पाउण्ड नगद र उपबिजयी टिमले ३०० पाउण्ड नगद प्राप्त गरे ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता