
लण्डन । नेपालबाट आएकी गायिका निर्जला गुरुङको दमदार प्रस्तुतिका साथमा स्वीण्डनबासी नेपालीले नेपाली नयाँ वर्ष मनाएका छन् ।
अप्रिल ७ तारिख आइतबारको दिन स्वीण्डनस्थित पन्जाबी कम्युनिटी हलमा आयोजित सो कार्यक्रममा नेपाली नयाँ साल २०८१ लाई स्वागत गर्दै मनाइएको थियो ।
बेलायतका मन्त्री रोबर्ट बक्ल्याण्ड सो कार्यक्रमका प्रमुख अतिथि थिए । कार्यक्रमको सञ्चालन नेपाली एसोसिएसन विल्सायरका सचिव जेनिशा थापाले गरेका थिए । उपाध्यक्ष रन्जन मल्लले स्वागत मन्तब्य दिएका थिए भने अध्यक्ष ज्ञानप्रसाद गुरुङ र प्रमुख अतिथि मन्त्री बक्ल्याण्ड्ले नयाँ वर्ष २०८१ को शुभकामना सन्देश दिएका थिए ।
कार्यक्रमलाई रकेट मोर्गेज, वर्ल्ड रेमिट, यति होम्स स्टेट, मम किङ्ग, ग्रेसी ज्वेलर्स स्विण्डन, राजेश दाइ ग्रोसरी चिपेन्हाम, क्याबेण्डिश स्क्वाएर ग्रोसरी स्टोरले प्रायोजन गरेका थिए । सबै प्रायोजकहरुलाई प्रमुख अतिथि मन्त्री बक्ल्याण्डले खादा र प्रसंशा पत्रद्वारा सम्मान गरेका थिए ।
नेपालकी नयाँ पुस्ताकी चर्चित लोकदोहोरी गायिका निर्जला गुरुङको दमदार प्रस्तुतिले धेरैलाई नचाउन सफल भएको थियो ।
हरेक मानिसको मन मुटुमा बस्न सफल गायिका निर्जला गुरुङले गीत गाउन थाले पछि सबै जना उठेर गायिकाको टाउकोमा पैसा सिउरिँदै तँछाडमछाड गर्दै नाचिरहेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले पनि विभिन्न प्रस्तुतिहरु दिएका थिए भने गङ्गा भण्डारीले नयाँ वर्षको शुभकामना सन्देश कविताबाट दिएका थिए ।
नयाँ वर्षको कार्यक्रममा विभिन्न राफल चिट्ठा पनि रखिएको थियो । प्रथम हुनेलाई आधा तोलाको सुन, द्वितीय हुनेलाई १५० पाउण्ड नगद र तृतीय हुनेलाई १०० पाउण्ड नगद पुरस्कार रखिएको थियो ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय