एनआरएनएबारे सर्वोच्चको फैसलाको प्रेम गाहाले गरे स्वागत

लन्डन । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुईपटक भएका महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई मान्यता नदिने फैसलाको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरले स्वागत गरेका छन् ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले एक विज्ञप्ति जारी गर्दै सदस्यहरुको मतबाट निर्वाचित अध्यक्षलाई बर्खास्त गर्ने तथाकथित तत्कालिन अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी र रविना थापाको कार्यसमितिलाई सर्वोच्चले अवैध ठहर गरेपछि सत्यको जीत भएको प्रतिक्रिया दिएका छन् ।
’विधि विधानको धज्जी उडाएर आफैंले आफैंलाई अध्यक्षको टिका लगाउने भ्रष्ट कार्यसमितिविरुद्ध हामी निरन्तर कानूनी लडाईंमा थियौं । आजको फैसलाले सत्यको जीत भएको छ’, अध्यक्ष गाहामगरले भने, ’ममाथि जसरी अन्याय गरिएको थियो फैसलाबाट मैले राहत महशुस गरेको छु । नेपालको न्यायलय अझै मरेको छैन भन्ने उदाहरण पनि हो यो ।
उनले एनआरएनए यूके दुईवटा रहेको भन्ने भ्रम पनि अब कानूनतः नै समाप्त भएको बताए । अध्यक्ष गाहामगरले अप्ठेरो परिस्थितिमा आफूलाई साथ सहयोग दिने सबै सदस्यहरु र बेलायतको नेपाली समुदायप्रति पनि आभार व्यक्त गरेका छन् ।गाहामगरले डा. शेष घले नेतृत्वको उच्चस्तरिय समितिलाई एकता महाधिवेशन गर्न सर्वोच्चले दिएको फैसलाले संघको गिरेको साख पुनर्जीवित हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री